शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
एक्सप्लेनर

सुध्रिने छाँट नदेखाएकै हुन् दलहरुले ? (भिडियो)

मङ्गलबार, ०७ असोज २०८२, १७ : ३२
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिक दलहरुलाई जबर्जस्त सन्देश दिएको छ- ‘पार्टी रिफर्म गर, पुराना नेताहरुले सन्यास लेऊ ।‘ 

आन्दोलनपछि सेनाको सुरक्षामा रहेका नेताहरु धमाधम सार्वजनिक हुँदै आफ्ना जलेका कार्यालयको अवलोकन गर्न पुगे । त्यसक्रममा उनीहरुले अझ भव्य पार्टी कार्यालय बनाउने उद्घोष गरे, तर ‘हामी सुध्रिन्छौँ, नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण गर्छौँ’ भनेनन् । 

यसबाट देखिन्छ उनीहरुले सुध्रिने छाँट देखाएका छैनन् । तीनै प्रमुख दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा जेनजी आन्दोलनपछि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको बहस तीव्र छ । तर नेतृत्वमा बसेकाहरुले कुनै जवाफ दिएका छैनन् । 

माओवादी केन्द्रले विशेष महाधिवेशनको कुरासम्म ल्याएको छ । कांग्रेस र एमालेमा भने बहसमा मात्रै सीमित छ । वैकल्पिक पार्टीको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीमा पनि नेतृत्व र पार्टी पुनर्संरचनाको बहसले ठाउँ पाएको छ । मधेस केन्द्रित सबैजसो दलमा पनि यो विषय उठान भएको छ । तर नेतृत्वमा बसेका नेताहरु टसमस भएजस्तो लाग्दैन । 

जेनजी आन्दोलनको मर्मअनुसार पुराना नेताहरुले पार्टीभित्र नयाँ पुस्तालाई अघि नसार्ने नै हुन् ? फेरि पनि उनीहरु नै पार्टीमा हाबी हुँदैछन् ? 

विस्तृत भिडियोमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेम रिसाल
खेम रिसाल

खेम रिसाल रातोपाटीका कपी एडिटर हुन् ।

लेखकबाट थप