बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

मुग्लिन–नारायणगढ सडक खुल्न दुई दिन लाग्न सक्ने

मङ्गलबार, ०७ असोज २०८२, १८ : ०२
मङ्गलबार, ०७ असोज २०८२

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने तुइन खोला नजिकै फेरि सुख्खा पहिरो गएको छ । यो सडक खुलाउन दुई दिन लाग्ने सडक विभागले जनाएको छ । 

विभागका प्रवक्ता प्रभातकुमार झाले यो पहिरो हटाएर सडक खुलाउन दुई दिन लाग्ने देखिएकाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरे । 

उनले भने, ‘तत्काल पहिरो हटाउन नसकिने र पहिरो हटाउन दुई दिन लाग्ने देखिएको छ । वैकल्पिक सडक प्रयोग गर्न अनुरोध छ  ।’ 

उक्त पहिरोमा मानवीय क्षति नभएको पनि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप