आकर्षक अफरसहित अमेरिकामा 'हाम्रो पात्रो रेमिट'को पुनः शुभारम्भ
काठमाडौँ । मोबाइल एप हाम्रो पात्रोले अमेरिकाबाट नेपाल पैसा पठाउने सेवा 'हाम्रो पात्रो रेमिट' पुनः सुरु गरेको छ। यससँगै अब अमेरिका निवासी नेपालीहरूले आफ्ना आफन्तजनलाई सजिलो, छिटो र सुरक्षित रूपमा रकम पठाउन सक्नेछन्।
विशेषगरी नेपालीहरूको महान चाड बडादसैंलाई लक्षित गर्दै हाम्रो पात्रो रेमिटले यो सेवाका प्रयोगकर्ताहरूका लागि आकर्षक अफरहरू पनि उपलब्ध गराएको जनाएको छ ।
जसअनुसार हाम्रो पात्रो रेमिट मार्फत प्रयोगकर्ताहरूले १,००० अमेरिकी डलर वा सोभन्दा बढी रकम ट्रान्सफर गर्दा कुनैपनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन। दसैंमा परिवार र आफन्तलाई आर्थिक साथ दिन चाहने पहिलो ५,००० नयाँ प्रयोगकर्ताहरूले आफ्नो पहिलो ट्रान्सफरमा १ अमेरिकी डलर बराबर रू. १५० को विशेष विनिमय दर प्राप्त गर्नेछन्।
हाम्रो पात्रोका संस्थापक तथा सीईओ शंकर उप्रेतीले भने 'हाम्रो पात्रो रेमिटले प्रदान गर्ने छिटो सेवा, पारदर्शी शुल्क र भरपर्दो डेलिभरी प्रणालीले गर्दा प्रयोगकर्ताले पठाएको हरेक डलरले घरमा थप माया, भरोसा र महत्व ल्याउनेछ। अमेरिकाबाट नेपालीहरूले सजिलै आफ्ना परिवारलाई आर्थिक सहयोग गर्न सकून् भन्ने हाम्रो मूल उद्देश्य हो ।'
प्रयोगकर्ताले पैसा पठाउनु अघि नै प्राप्तकर्ताले कति रुपैयाँ पाउनेछन् भन्ने थाहा पाउनेछन् र जसले सेवा पूर्णरूपमा पारदर्शी बनाउने कम्पनीको भनाइ छ । रकम सिधै नेपालका प्रमुख बैंकहरूमा जम्मा हुन्छ भने नियमित बैंकिङ समयअनुसार छिटो सम्पादन गरिने कम्पनीको भनाइ छ । साथै, प्रयोगकर्ताहरूलाई कुनैपनि दुविधा या जिज्ञासा भएमा हाम्रो पात्रो एपमै रहेको ग्राहक सेवा टोलीमा २४ घण्टा सम्पर्क गर्न सकिने जनाइएको छ ।
हाम्रो पात्रो रेमिट अमेरिकाको संघीय र राज्य सरकारको नियम अनुसार काम गर्ने अनुमोदित साझेदारहरूसँग मिलेर सञ्चालन गरिएको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?
-
लगातार हारको असर : आईसीसी एकदिवसीय वरियतामा नेपाल १८औँ स्थानमा झर्यो
-
निर्वाचनलाई डिजिटल बनाउने र विदेशमा रहेका नेपालीलाई मताधिकार दिने डा. सुब्बाको योजना (कार्ययोजनासहित)
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण