‘माइतीघर’ सेन्सर पास
सारांश
- चलचित्र 'माइतीघर' सेन्सर बोर्डबाट पास भएको छ र सार्वजनिक प्रदर्शनका लागि तयार भएको छ।
- सेन्सर बोर्डले फिल्मको कुनै पनि दृश्यमा परिवर्तन नगरी 'युनिभर्सल' सर्टिफिकेट दिएको छ।
- फिल्मले देशभरका हलहरूमा १०० भन्दा बढी शोज पाएको छ र बुकिङ खुला गरिएको छ।
काठमाडौँ । १३ असोज फूलपातीको दिनबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘माइतीघर’ सेन्सर पास भएको छ । फिल्मलाई केन्द्रीय चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड) ले सबैले हेर्न मिल्ने ‘युनिभर्सल’ सर्टिफिकेट दिँदै प्रदर्शनका लागि खुल्ला गरेको हो ।
सेन्सर बोर्डले फिल्मको कुनै पनि दृश्य तथा संवादमा काँटछाँट नगरी सेन्सर पास गरेको निर्माता रोहित अधिकारीले बताए । फिल्मको सेन्सर बोर्डले पनि प्रशंसा गरेको अधिकारीको भनाई छ । ‘सेन्सर बोर्डले फिल्म हेरेपछि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको विषयमा प्रशंसा समेत गरेका छन्’, अधिकारीले थपे ।
फिल्मको बुकिङ समेत खुलिसकेको छ । फिल्मले देशभरका हलमा सय बढी शोज पाएको छ । अझै पनि केही हलमा शोज खुल्न बाँकी छ ।
फिल्मलाई बिहान सवा ५ बजेदेखि बेलुकीसम्म अधिकांश हलले शोज दिएका छन् । जसका कारण, दर्शक फिल्मप्रति आशावादी र प्रतीक्षामा रहेको बुझ्न सकिन्छ । फिल्मको ट्रेलर र शीर्ष गीतले दर्शकको ध्यान तानिसकेको छ ।
फिल्ममा केदारप्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र नर्वेको हुनेछ रोचक भिडन्त, उरुग्वे र स्पेनमा को बलियो ?
-
मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम
-
रवि लामिछानेले लिए सभापतिकाे शपथ
-
त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई–स्पोर्ट्सका च्याम्पियन
-
तीन दिनदेखि हराइरहेका १० वर्षीय बालक जङ्गलमा मृत फेला, हत्याको आशङ्का
-
कांग्रेसको आन्तरिक विवाद मिलाउन नेता फेरिएको फेरियै, उपलब्धि शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण