शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

त्रिनेत्र र द फोर एलिमेन्ट्स राष्ट्रिय ई–स्पोर्ट्सका च्याम्पियन

शुक्रबार, १२ असार २०८३, २० : १६
शुक्रबार, १२ असार २०८३

सारांश

  • तेस्रो संस्करणको राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगितामा फ्रि-फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइलतर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन् ।
  • ई-स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसहित दुवै टोलीले समान ८० हजार नगद पुरस्कार प्राप्त गरे ।
  • ई फुटबल विधातर्फ रजत बुढाथोकी च्याम्पियन बनेका छन् ।

काठमाडौँ । तेस्रो संस्करणको राष्ट्रिय ई स्पोर्ट्स प्रतियोगितामा फ्रि–फायरतर्फ त्रिनेत्र र पब्जी मोबाइलतर्फ द फोर एलिमेन्ट्स च्याम्पियन बनेका छन् ।

ई स्पोर्ट्स संघ नेपाल (ईशान) को आयोजनामा सम्पन्न प्रतियोगितामा उपाधिसहित दुवै टोलीले समान ८० हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको ई फुटबल विधातर्फ रजत बुढाथोकी च्याम्पियन बने । फाइनलमा बिकुल रानालाई पराजित गर्दै उनले उपाधि आफ्नो नाममा लेखाएका हुन् ।

विजेता खेलाडी तथा टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, ईशानका वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केसी तथा बोर्ड सदस्यहरू मौसमी लामा र सिजन भट्टराईलगायतले ट्रफी, मेडल तथा पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगिताका संयोजक प्रकाश घर्तीका अनुसार प्रतियोगिता जेठ १८ गतेदेखि सुरु भएको थियो भने फाइनल चरणका खेलहरू असार ८ देखि ११ गतेसम्म सञ्चालन भएका थिए।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद किवास परिषद्, बागमती प्रदेश, एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सलगायत विभिन्न संघ संस्थाहरूले सहयोग गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप