मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

सेयर कर्जामा २५ करोडको सीमा हटाउन सिफारिस

बिहीबार, ०९ असोज २०८२, १८ : ४३
बिहीबार, ०९ असोज २०८२

काठमाडौँ । सेयर कर्जामा २५ करोडको सीमा हटाउन सिफारिस गरिएको छ । अर्थ मन्त्रालयले गठन गरेको पुँजीबजार सुधारसम्बन्धी कार्यदलले यस्तो सिफारिस गरेको हो । 

अर्थमन्त्री रामेश्वर खनालले आफू नियुक्त भएसँगै सेयर बजारमा नकारात्मक सर्किट लागेपछि धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र अर्थ मन्त्रालयका प्रतिनिधि राखेर समिति गठन गरेको थियो । 

यसअघि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर कर्जामा ४ करोड र १२ करोडको सीमा लगाएका थिए । 

यसलाई विस्तार गर्दै अहिले २५ करोडको सीमा निर्धारण भएको छ । एउटा व्यक्तिले शेयर बजारमा लगानी गर्न २५ करोडभन्दा धेरै ऋण लिन नपाउने अहिलेसम्म व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप