मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

अर्थमन्त्री खनालले गरे एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको शुभारम्भ

शुक्रबार, १० असोज २०८२, १३ : ००
शुक्रबार, १० असोज २०८२

सारांश

  • अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु गरेको छ।
  • मन्त्री रामेश्वर खनालले शुक्रबार प्रणालीको शुभारम्भ गरे।
  • यस प्रणालीले कागजविहीन कार्यसम्पादन, पारदर्शिता र प्रभावकारिता बढाउनेछ।

काठमाडौँ । अर्थ मन्त्रालयले एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको सुरुवात गरेको छ ।  शुक्रबारबाट मन्त्रालयको कार्यालय व्यवस्थापन प्रणालीबाट फाइल स्वीकृत गर्ने प्रक्रिया अर्थमन्त्री रामेश्वर खनालले शुभारम्भ गरेका हुन ।

सरकारी निकायबाट सम्पादन हुने कार्यहरूलाई एउटै सूचना प्रविधि प्रणालीमार्फत सरल, सहज, छिटो, छरितो, मितव्ययी, पारदर्शी र प्रभावकारी रूपमा सम्पादन गरी कागजरहित बनाउने योजनाअनुरूप उक्त प्रणाली सुरुवात गरेको अर्थमन्त्री खनालले बताएका छन् । 

सरकारको अवधारणालाई कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत कार्यालय व्यवस्थापन प्रणालीको प्रयोगलाई अर्थ मन्त्रालयमा समेत अनिवार्य गरिएको मन्त्रालयले जनाएको छ ।  

उक्त एकीकृत कार्यालय व्यवस्थापन प्रणाली प्रयोग गरी विद्युतीय माध्यमबाट तोक आदेश तथा टिप्पणी निर्णय, चिठी पत्रको दर्ता तथा चलानी, हाजिरी, बिदा र काज स्वीकृत, अभिलेख व्यवस्थापन लगायतका कार्य अनिवार्य रूपमा विद्युतीय हस्ताक्षरको प्रयोग गरी सम्पादन गर्नुपर्ने गरी व्यवस्था गरिएको छ ।

यस प्रणाली कार्यान्वयनबाट निर्णय प्रक्रियामा शीघ्रता, खर्चमा मितव्ययिता, कार्य प्रक्रियामा पारदर्शिता र जवाफदेहिता अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप