एसिया कप
एसिया कप फाइनल: पाकिस्तानले भारतलाई दियो १४७ रनको लक्ष्य
आइतबार, १२ असोज २०८२, २२ : ०९
सारांश
- एसिया कप क्रिकेटको फाइनलमा पाकिस्तानले भारतलाई १४७ रनको लक्ष्य दियो।
- पाकिस्तानले १९ ओभर १ बलमा अलआउट हुँदै १४६ रन बनायो।
- पाकिस्तानका लागि सहिबजादा फ्रहानले ५७ रनको अर्धशतकीय पारी खेले।
काठमाडौँ । एसीसी एसिया कप क्रिकेटको फाइनल खेलमा पाकिस्तानले भारतलाई जितका लागि १४७ रनको लक्ष्य दिएको छ ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४६ रन बनायो ।
पाकिस्तानका लागि सहिबजादा फ्रहानले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै फकर जमानले ४६ रन बनाउँदा साइम अैयुवले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ भारतका लागि कुलदीप यादवले सर्वाधिक चार विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चे । त्यस्तै जसप्रित भुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले दुई दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
-
उपाधि दाबेदार जर्मनीविरुद्ध बलियो प्रभाव छाड्ने दाउमा ‘डेब्युटेन्ट’ कुरासाओ
-
नागढुङ्गा–नौबिसे सडकमा कालोपत्रेको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण