फरार कैदीलाई नख्खु कारगारले बोलायो
सारांश
- नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्कन आग्रह गरेको छ।
- जेनजी प्रदर्शनका बेला भागेका कैदीबन्दीमध्ये ५८७ जना फर्किसकेका छन्।
- फरार कैदीबन्दीलाई असोज २० गतेसम्ममा सम्पर्कमा आउन भनिएको छ, नआए कारबाही हुनेछ।
पाटन । ललितपुरस्थित नख्खु कारागारले फरार कैदीबन्दीलाई फर्किएर आउन आग्रह गरेको छ ।
एक सूचना जारी गरी ‘जेनजी’ प्रदर्शनका क्रममा भदौ २४ गते फरार रहेका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले आग्रह गरेको हो । कारागार प्रमुख सत्यराज जोशीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई कारागारमा रहेका कैदीबन्दीमध्ये एक हजार २८० कैदीबन्दी फरार रहेकामा हालसम्म ५८७ जना फर्किसकेका छन् ।
फरारमध्ये करिब ५० जना देशभरका अन्य कारागारमा रहेको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो । जोशीले भने,'करिब ६५१ जना अझै फरार छन् । यसअघि भदौ २६ गते कैदीबन्दीलाई फर्की आउन सार्वजनिक अपिल गरिएको थियो । पछि कारागार व्यवस्थापन विभागबाट यही असोज १० गतेको फरार कैदीबन्दी खोजी तथा पक्राउ अभियान सञ्चालन गर्न परिपत्र गरिएअनुसार सम्पर्कमा आउने भनेका छौँ ।'
विभागले तोकेअनुसार असोज २० गते सोमबारसम्म कारागार नफर्केमा कारागार ऐन, २०७९ लगायत अन्य प्रचलित कानुनबमोजिम कारबाही हुने जानकारी गराइएको छ । कारागारले यस कार्यमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबैमा अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण