पहिले ब्याटिङ गर्दै नेपाल, सन्दीप बेन्चमा, आदिलले खेल्दै
सोमबार, १३ असोज २०८२, २० : ००
काठमाडौँ । वेस्ट इन्डिजविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।
शारजाहा क्रिकेट मैदानमा नेपालला कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिले ब्याटिङ रोजेका छन् । आजको खेलमा पनि सन्दीप लामिछाने बेन्चमा छन् । सन्दीपले सिरिजको पहिलो खेल पनि खेलेनन् ।
यता आदिलले भने आजको खेलबाट टिममा पुनरागमन गर्नेछन् । पछिल्लो पटक आदिलले सन् २०२२ जुलाईमा केन्याविरुद्ध खेलेका थिए ।
नेपाल आजको खेलमा जित निकाल्दै सिरिज जित्ने योजनामा छ । सिरिजको पहिलो खेलमा नेपालले १९ रनको एतिहासिक जित निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी
-
हात्तीपाइले रोग लगाउने परजीविबारे अध्ययन सुरु
-
कोशी प्रदेशमा बजेट विवाद समाधान गर्न कांग्रेस–एमालेको दौडधुप
-
अनुमति बिना स्टिकरको प्रयोग निषेध
-
हुम्लामा सहुलियतको चामल बिक्री सुरु
-
कोल्हवी नगरपालिकाको अनुदान कटौती भएपछि कैयौँ योजना अलपत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण