बृहत् एकताका लागि एनआरएनए उच्चस्तरीय समितिले सुरु गर्यो वार्ता
सारांश
- एनआरएनएको न्यायिक समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ।
- महेशकुमार श्रेष्ठको नेतृत्वमा रहेको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेट्न वार्ता थालेको हो।
- समितिले पूर्व अध्यक्ष, एनसीसी अध्यक्ष र सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको छ।
काठमाडौँ । गैरआवासीय नेपाली संघ ( एनआरएनए) को उच्चस्तरीय न्यायिक तथा मेलमिलाप समितिले संस्थाभित्र बृहत् एकताका लागि वार्ता सुरु गरेको छ ।
गत मे ३–४ मा काठमाडौँमा भएको एकताको महाधिवेशनबाट २०२५-२७ कार्यकालका लागि निर्वाचित महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिले एकता महाधिवेशनमा सहभागी नभएको पक्षलाई समेत समेट्न लागि वार्ता सुरु गरेको हो। राजेन्द्रकुमार (आरके) शर्माको संयोजकत्वमा गठित ५ सदस्यीय समितिलाई पूर्णता दिइए लगत्तै वार्ता प्रक्रिया सुरु भएको हो ।
समितिको सदस्यमा जानकी गुरुङ, सुनील शाह, नारायण आचार्य र शनि ओली रहेका छन् ।
समितिको पहिलो बैठकले एकताको प्रयासलाई सार्थकता प्रदान गर्नका लागि संस्थाका पूर्व अध्यक्षहरू, राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अध्यक्षहरूका साथै सरोकारवालासँग छलफल गर्ने निर्णय गरेको छ । पहिलो बैठकमा आमन्त्रितको रूपमा सहभागी अध्यक्ष महेश कुमार श्रेष्ठ र महासचिव बाबुराम (बीआर) लामाले वार्ताबाट संस्थागत एकता कायम गर्नका लागि हर सम्भव आग्रह गरेका थिए । समितिले गर्ने निर्णय मान्य हुने गरी काम गर्न पनि अध्यक्ष र महासचिवले समितिलाई प्रस्ट पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण