शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
अपडेट

गण्डकी प्रदेशको पूर्वी भागदेखि कोशी प्रदेशसम्म मेघगर्जनसहित वर्षा

शनिबार, १८ असोज २०८२, १२ : ४७
शनिबार, १८ असोज २०८२

सारांश

  • गण्डकी प्रदेशको पूर्वी भागदेखि कोशी प्रदेशसम्म मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।
  • मौसम प्रणाली पूर्व–उत्तरपूर्व सर्दै गएकाले वर्षा केही समय जारी रहने सम्भावना छ।
  • महाशाखाले ती क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ।

काठमाडौं । हाल गण्डकी प्रदेशको पूर्वी भागदेखि कोशी प्रदेशसम्मका अधिकांश स्थानहरूमा मेघगर्जन तथा चट्याङसहित वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा गराउने मौसम प्रणाली पूर्व–उत्तरपूर्व दिशातर्फ सर्दै गएको हुँदा ती क्षेत्रहरूमा अझ केही समयसम्म वर्षा जारी रहने सम्भावना रहेको छ।

महाशाखाले ती क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन तथा पछिल्लो मौसमी सूचनाका लागि आधिकारिक स्रोतहरूबाट जानकारी लिन आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप