देशभरका नदीहरूमा बहाब बढ्दै, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
सारांश
- जल तथा मौसम विभागका अनुसार देशका नदीहरूमा बाढीको जोखिम बढ्दै गएको छ।
- काठमाडौं उपत्यका र कमला जलाधार क्षेत्रमा पानीको सतह बढ्दै गएको छ, राति सतर्कता तह पार गर्ने सम्भावना छ।
- नदीहरूमा बहाब बढ्ने र आकस्मिक बाढी आउन सक्ने सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
काठमाडौँ। हाल देशका सबै प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तल रहे पनि बाढीको जोखिम बढ्दै गएको जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार दिउँसो १:५० बजेसम्मको अद्यावधिक अनुसार, पछिल्ला घण्टाहरूमा मधेश र बागमती प्रदेशका जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ भने कोशी प्रदेशका अधिकांश क्षेत्रमा हल्का वर्षा मापन भएको हो।
महाशाखाले दिएको जानकारी अनुसार, काठमाडौं उपत्यकाको बागमती जलाधार र कमला जलाधार क्षेत्रका जलमापन केन्द्रहरूमा पानीको सतह बढ्दो क्रममा रहेको छ। राति ती क्षेत्रमा सतर्कता तह पार गर्ने सम्भावना रहेकोले स्थानीय बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।
आज दिउँसोदेखि मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश हुँदै बग्ने नदीहरूमा बहाब उल्लेख्य रूपमा बढ्न सुरु हुने अनुमान गरिएको छ। विशेषगरी आज राति नवलपरासी पश्चिम, नवलपरासी पूर्व, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली तथा आसपासका जिल्लाहरूमा रहेका स–साना नदी–नालामा आकस्मिक बाढीको जोखिम रहेको चेतावनी दिइएको छ।
महाशाखाका अनुसार, आइतबार बिहानदेखि बेलुकीसम्मको अवधिमा नारायणी, कालीगण्डकी, सेती, मादी, मर्स्याङ्दी, दरौंदी, त्रिशुली, पूर्वी राप्ती, बागमती, कमला लगायतका नदीहरू तथा तिनका शाखा नदीहरूमा बहाब उल्लेख्य रूपमा बढ्दै सतर्कता तहसम्म पुग्न सक्नेछ। त्यसपछि आइतबार रातिदेखि कोशी र कन्काई नदी प्रणालीमा समेत बहाब उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको छ।
सतर्कता तह नाघ्ने सम्भावना भएकाले बाढी र डुबान हुन सक्ने तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, कमजोर तथा भिरालो भू–भागमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन स्थानीय प्रशासन र सम्बन्धित निकायलाई पनि अनुरोध गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा केन्द्रीय समिति निर्वाचन: १९ जनाले कटाए २ हजार मत (सूचीसहित)
-
प्रदेशगत रूपमा हेमराज थापाले पाए सबैभन्दा बढी मत
-
रास्वपा केन्द्रीय सदस्यमा थारु, मधेशी र मुस्लिम समूहबाट काे काे निर्वाचित भए ?
-
रास्वपा केन्द्रीय सदस्यमा आदिवासी–जनजाति समूहबाट काे काे भए निर्वाचित ?
-
‘बिजुली व्यापारका लागि निजी क्षेत्र तयार छ, सरकारले लाइसेन्सको गाँठो फुकाइदिनुपर्छ’
-
रास्वपा केन्द्रीय सदस्यमा खस–आर्य समूहबाट १० जना निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण