इलामबाट गर्भवतीसहित दुई जनाको हेलिकप्टरमार्फत उद्धार
आइतबार, १९ असोज २०८२, १२ : ५५
सारांश
- इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर १ बाट दुईजनाको सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ।
- पहिरोमा फसेकी गर्भवती महिला र एक पुरुषलाई उद्धार गरी धरान पठाइयो।
- सेनाको २१ नम्बर बाहिनी अड्डा मातहतका युनिटहरू उद्धारमा खटिएका छन्।
काठमाडौँ । इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर–१ बाट दुईजनालाई सैनिक हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
माङसेबुङको पातीगाउँमा पहिरोमा फसेकी एक जना गर्भवती र एक पुरुषलाई उद्धार गरेर उपचारको लागि धरान पठाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
पहिरोमा परेकाहरूको खोज तथा उद्धारमा माङसेबुङ, इलाम नगरपालिका–६ स्थित गुम्बाडाँडा र मानेभञ्ज्याङ क्षेत्रमा सेनाको २१ नम्बर बाहिनी अड्डा मातहतका युनिटहरू परिचालन गरिएको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण