आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

धादिङमा आमाको हत्या आरोपमा छोरा पक्राउ

सोमबार, २० असोज २०८२, ०७ : ५१
सोमबार, २० असोज २०८२

सारांश

  • धादिङको त्रिपुरासुन्दरीमा आमाको हत्यामा छोरा पक्राउ परेका छन्।
  • ३० वर्षीय यम बहादुर कँडेलले ५५ वर्षीया आमा राम माया कँडेललाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए।
  • प्रहरीले घटनास्थलबाट आरोपीलाई पक्राउ गरी हत्यामा प्रयोग भएको हतियार बरामद गरेको छ।

काठमाडौँ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ स्थित थापाकटेरीबाट आमाको हत्यामा संलग्न आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३० वर्षीय यम बहादुर कँडेल छन् ।

गएराति यम बहादुरले ५५ वर्षीया आमा राम माया कँडेललाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको धादिङका एसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

राति ९ बजेतिर हत्या भएको सूचना आएपछि जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी प्रकाश दाहाल नेतृत्वको टिम घटनास्थलमा पुगेको थियो । प्रहरीले आरोपीको साथबाट हत्यामा प्रयोग भएको हतियार बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप