बिदा फिर्ता भए पनि आज सेयर बजार खुलेन
सोमबार, २० असोज २०८२, १० : १४
सारांश
- आज सेयर बजार खुल्ने छैन, गृह मन्त्रालयले सार्वजनिक बिदा फिर्ता लिए पनि बजार बन्द रहने छ।
- नेप्सेका अनुसार, कर्मचारी बिदामा गएकाले बजार खोल्न नसकिएको हो।
- दसैँ बिदापछि बजार खुल्ने भनिए पनि वर्षाका कारण अवरुद्ध भएपछि बिदा थपिएको थियो।
काठमाडौं । सेयर बजार आज नखुल्ने भएको छ । गृह मन्त्रालयले सोमबारका लागि दिएको सार्वजनिक बिदा फिर्ता लिए पनि शेयर बजार भने नखुल्ने भएको हो ।
‘बिदा भन्ने भएपछि सबै कर्मचारी बाहिर छन् । कार्यालय खुलेपनि आज बजार चाहिँ खुला हुन सकेन,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुली भने ।
दसैँ बिदाका कारण नेपाल स्टक एक्सचेञ्ज परिसूचक गत सोमबारदेखि बन्द छ । बिदा सकिएसँगै आइतबारदेखि बजार खुला हुने भनिएको थियो । तर अविरल वर्षाका कारण राजमार्ग तथा हवाइ उडान अवरुद्ध भएसँगै आइतबार र सोमबारका लागि सरकारले सार्वजनिक विदा घोषणा गरेको थियो ।
तर मौसम सफा भएपछि काठमाडौं लगायत जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयले सोमबार कार्यालय खोल्ने व्यवस्था गर्न निर्देशन दिएको थियो । सोही अनुसार प्रशासन कार्यालयहरूले सूचना जारी गरेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण