कविता : उहिले र अहिले
सोमबार, २० असोज २०८२, १९ : २२
उहिले दुई तिहाइको सरकार थियो
भाषण, उखान र घमन्ड सबै थियो
मन्त्रीका लावालस्कर बढी नै थियो
बाढी, भूकम्प गयो सर्कार नि आयो
मन्त्रीको हेलीहरु आयो धुलो उडायो
जनताले राहत भन्दा बढी आहत पायो
अहिले सानो आकारको सरकार आयो
देशमा फेरि बाढी पहिरोको विपत्ति आयो
सर्कारले फटाफट काम गर्यो, सूचना पठायो
सरकारी निकाय परिचालित भए भाषण गरेन
जनता जोगाउन पट्टि लाग्यो उखान हालेन
उद्धार गर्यो, काम गर्यो समय खेर फालेन
फरक थाहा पायौँ काम गर्ने र नगर्ने बिचमा
जनता प्रति जबाफदेही हुने र नहुने बिचमा
सानो चुस्त सरकार र हात्ती आकारको बिचमा
विषय विज्ञ र चाटुकार भरौटेहरूको बिचमा
इमानदार र घुस कमिसनमा मात्र रमाउने बिचमा
जनतालाई माया गर्ने र आफैँ मात्र हसुर्ने बिचमा ।
टोखा-११, काठमाडौँ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण