३ जना फरार कैदी धादिङबाट पक्राउ
सोमबार, २० असोज २०८२, २२ : ३९
सारांश
- धादिङ प्रहरीले जेलबाट भागेका तीन जना कैदीबन्दीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा केशव थापामगर, राजकुमार तामाङ र विश्व मिजार रहेका छन्।
- उनीहरूलाई ज्यान मुद्दा र अन्य कसुरमा अदालतले कैद सजाय तोकेको थियो।
काठमाडौँ । जेलबाट भागेका ३ जना कैदीबन्दीलाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ । दार्चुला, भिमफेदी र सिन्धुली कारागारबाट भागेका कैदीबन्दीलाई पक्राउ गरिएको धादिङका एसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा धादिङको त्रिपुरासन्दरी गाउँपालिका–७ घर भएका ३६ वर्षीय केशव थापामगर, गल्छी–५ घर भएका ३८ वर्षीय राजकुमार तामाङ र धुनिवेशी–८ घर भएका २७ वर्षीय विश्व मिजार छन् ।
सोमबार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । राजकुमार तामाङलाई ज्यानसम्बन्धी कसुरमा अदालतले २० वर्ष कैद सजाय तोकेको थियो । थापा अदालतले मगरलाई ६ वर्ष र मिजरलाई ७ वर्ष कैद सजाय ठहर गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरले निःशुल्क पिउने पानी बुथ बनाउने, सार्वजनिक शौचालयको अवधारणा
-
के छ काठमाडौँ महानगरको नीति तथा कार्यक्रममा ?
-
काठमाडौँ महानगरले एकीकृत करदाता परिचय नम्बर पूर्ण रुपमा लागू गर्ने
-
काठमाडौँ महानगरले सात क्लस्टर विभाजन गरी फोहर मैलाको व्यवस्थापन गर्ने
-
काठमाडौँ महानगरपालिकाले ‘जेनजी, जेन एल्फा’ विशेष कार्यक्रम सञ्चालन गर्ने
-
नयाँ पार्टी घोषणाको तयारी: धवलशमशेर अध्यक्ष, दुर्गा प्रसाईं सर्वमान्य नेता !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण