शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

निर्वाचन कार्यतालिकाबारे एमालेको प्रतिक्रिया : दलहरूलाई निषेध गरियो

मङ्गलबार, २१ असोज २०८२, १५ : ००
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • एमालेले सरकार र निर्वाचन आयोगले छलफल नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै विरोध गरेको छ।
  • एमाले प्रचार विभाग प्रमुखका अनुसार सरकारले राजनीतिक दलहरूसँग संवाद र विश्वासको वातावरण बनाएको छैन।
  • एमाले नेताले निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरूसँग छलफल गर्न र शान्ति सुरक्षा सुनिश्चित गर्न सुझाव दिए।

काठमाडौँ । नेकपा एमालेले सरकार र निर्वाचन आयोगले दलहरूसँग छलफल नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै शाहीकालको निर्वाचनसँग तुलना गरेको छ ।

यद्यपि पार्टीले दलीय सिस्टममा चुनाव घोषणा र निर्वाचन कार्यतालिका सार्वजनिक हुुनु सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिएको छ ।

‘सरकार बनेको यतिका समयसम्म राजनीतिक पार्टीसँग कुनैपनि छलफल, बहस वा संवाद गरेको छैन’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘राजनीतिक पार्टीहरूलाई विश्वासमा लिएको पनि छैन । शान्ति सुरक्षा र सुशासनको वातावरण तयार गरेको छैन ।’

उनले निर्वाचनका लागि आधारभूत वातावरण तयार नगर्ने, राजनीतिक दलहरूसँग संवाद नै नगर्ने र राजनीतिक दलहरूलाई निषेध गरेर जाने गतिविधि सरकारले गरिरहेको दाबी गरे ।

‘निर्वाचन कार्यतालिका त पूर्व राजा ज्ञानेन्द्र शाहले उनको कार्यकालमा पनि सार्वजनिक गरेका थिए । त्यसकारण राजनीतिक दलहरूसँग अन्तरक्रिया, छलफल र संवाद नगरीकन निर्वाचनको वातावरण नै नबनाई सूचना टाँसेर मात्र निर्वाचन हुने होइन’, गौतमको भनाइ छ ।

उनले सरकारले निर्वाचन नै गराउन चाहेको हो भने तत्काल राजनीतिक पार्टीसँग अहिलेको अवस्थाबारे छलफल थाल्नुपर्ने सुझाव दिए  ।

‘दोस्रो निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षाको सुनिश्चितता हुनुपर्‍यो । तेस्रो, दलीय गतिविधि निर्धक्क हुने वातावरण हुनुपर्छ’, उनले प्रतिप्रश्न गर्दै भने, ‘यो लोकतन्त्र हो, सैनिक शासन त होइन नि ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप