अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपाललाई टी-२० शृङ्खला
सारांश
- नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ५ विकेटले हराएर टी-२० शृङ्खला जितेको छ।
- नेपालले १ सय ४ रनको लक्ष्य १८ औँ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो र शृङ्खला ३-२ ले जित्यो।
- कविता कुँवर र राजमती ऐरीले उत्कृष्ट बलिङ गरे भने सम्झना खड्का र रुवि पोद्दारले ब्याटिङमा राम्रो योगदान दिए।
क्वाललम्पुर । अन्तिम तथा निर्णायक खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपाली महिला क्रिकेट टोलीले टी-२० शृङ्खलामाथि कब्जा जमाउन सफल भएको छ । १ सय ४ रनको लक्ष्य नेपालले ५ विकेटको क्षतिमा १८ औँ ओभरमा पछ्यायो । योसँगै नेपालले ३-२ ले शृङ्खला जितेको हो ।
पाँच खेलको शृङ्खलाको पहिलो खेलमा नेपाल मलेसियासँग ३ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी बन्यो । तेस्रो खेलमा १३ रनले स्तब्ध बनेको नेपालले चौथो खेलमा कम्ब्याक गर्दै ६ विकेटको जीत हात पारेको थियो ।
१ सय ४ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर सम्झना खड्का र रुवि पोद्दारले राम्रो सुरुवात दिए । खड्काले १० बलमा १३ रन जोड्दै १ चौका प्रहार गरिन् । पोद्दारले २५ बलमा २६ रन बनाइन् । उनले २ चौका हिर्काइन् ।
कविता कुँवरले १९ बलमा १ चौका प्रहार गर्दै १४ रन बनाइन् । कप्तान इन्दु वर्मा १३ बलमा ८ रन बनाएर पभेलियन फर्किइन् ।
पूजा महतोले २३ बलमा २३ रन तथा रुविना क्षेत्रीले १५ रन बनाउँदै टोलीलाई जित दिलाइन् ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो । टोलीका लागि कप्तान तथा ओपनर विनिफ्रेड दुराईसिंघमले सर्वाधिक ४० रनको योगदान दिइन् । उनले ४६ बलमा ५ चौका प्रहार गरिन् ।
मारिया इजाती इस्माइलले १८ बलमा १९ रन जोडिन् । उनले १ चौका प्रहार गरिन् । अर्की ओपनर आइना हमिजा हसिमले १९ बलमा १५ रन तथा नुर दानिया सुहादाले १४ बलमा ११ रन बनाइन् ।
नेपालका लागि कविता कुँवर र राजमती ऐरीले शानदार बलिङ गरे । कविताले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ विकेट हात पारिन् । राजमतीले ३ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् । रचना चौधरीको नाम १ विकेट रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण