मधेस प्रदेशमा तीन दलद्वारा संयुक्त रूपमा सरकार गठनको दाबी
जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्री सतिश कुमार सिंहले राजीनामा दिएका छैनन् । यस्तो अवस्थामा प्रदेशका तीन दल ठुला दल नेकपा एमाले, नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा नयाँ सरकार गठनको दाबी प्रस्तुत गरेका छन् ।
बुधबार तीनै दलका नेताहरूले प्रदेश प्रमुखसमक्ष संयुक्त दाबीपत्र बुझाउँदै नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णा यादवलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेका हुन् । संविधानको धारा १६८(२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त सरकार गठन गर्न सकिने प्रावधानअनुसार दाबी गरिएको हो ।
तीन दलका ५८ जना सांसदहरू अहिले प्रदेशसभामा कायम कुल सदस्य संख्याको बहुमत भएको दाबी गर्दै यादवलाई मुख्यमन्त्री नियुक्त गर्न माग गरिएको छ ।
जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै भने, 'जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्रीले राजीनामा दिएको र त्यसअनुसार पार्टीले समर्थन फिर्ता पनि बोलाएको थियो । तर उहाँ नआएपछि यस्तो कदम चाल्न बाध्य भयौँ,' उनले थपे, 'जनताको चाहनाअनुसार फिर्ता हुनुपर्नेमा मुख्यमन्त्रीले ढिपी कसेर पदमा बसिरहनु पार्टी हितविपरीत छ ।'
उनका अनुसार दलहरूले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री पदमा बसिरहनुको औचित्य छैन । 'यदि अहिले पनि राजीनामा नदिने हो भने तीस दिनपछि उहाँ स्वाभाविक रूपमा पदमुक्त हुनुहुनेछ, त्यसपछि पुनः बहुमतका आधारमा नयाँ सरकार गठन हुनेछ,' उनले भने ।
यद्यपि बुधबार दिनभर मुख्यमन्त्री सिंहले राजीनामा बुझाउने चर्चा चले पनि समाचार लेख्दासम्म मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुख कार्यालयमा पुगेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण