'राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्रीलाई तत्काल गिरफ्तार गरिनु पर्दछ'
सारांश
- एमाले नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गर्न माग गरेका छन्।
- बर्तौलाले अर्याललाई शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी हिंसा भड्काएको आरोप लगाएका छन्।
- बर्तौलाले अर्यालले फौजदारी अपराधमा संलग्नहरूलाई कारबाही नगरेको आरोप लगाएका छन्, जसले अराजकता बढाएको छ।
काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले राज्यविरुद्धको अपराधमा अहिलेका गृहमन्त्री ओमप्रकाश अर्याललाई तत्काल गिरफ्तार गरिनुपर्ने बताएका छन् । व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक रहेको दाबी गर्दै बर्तौलाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्– 'प्रहरीबाट लुटिएका हतियारहरू (बन्दुक र गोली) कहाँ र को सँग छ भन्ने सूचना र जानकारी अहिलेका गृहमन्त्री लाई शतप्रतिशत रहेको हुनुपर्दछ । किनभने भ्रष्टाचारको अन्त्य र सुशासनको जायज मागहरू सहित जेनेरेसन जेडले गरेको शान्तिपूर्ण आन्दोलन भित्र सुनियोजित घुसपैठ गरी शान्ति भङ्ग गर्ने, हिंसा भड्काउने र विध्वंस मच्चाउने कामको यिनी चौबिसै क्यारेटका स्टेकहोल्डर हुन । हाम्रो इतिहास , सम्पदा र दस्ताबेजहरु छानी छानी नष्ट गर्ने, व्यक्तिका घरहरू, व्यावसायिक भवनहरू तोडफोड, आगजनी र लुटपाट गर्न लगाउने कामका उनी प्रायोजित उत्प्रेरक समेत हुन् ।'
बर्तौलाले अर्याल सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत , अख्तियार भवन र प्रहरी चौकीहरू लगायतमा आगो लगाएर ध्वस्त बनाउन नेपाल राष्ट्रकाबिरुद्ध परिचालित र निर्देशित मतियार भएको पनि दाबी गरेका छन् ।
'शुद्ध नेपाली जेनजीहरुले पनि यो कुरा बुझुन् कि शान्तिपूर्ण आन्दोलन भित्र उनको घुसपैठको यही नाता सम्बन्ध रहेकै कारण उनले थोरै पनि मिहिनेत नगरीकनै गृहमन्त्री पद सजिलै हत्याउन सफल भए र शपथ ग्रहण लगत्तै माथि उल्लेखित फौजदारी अपराध प्रकरणहरूमा संलग्न दोषी र अपराधीहरूलाई पर्याप्त प्रमाणहरू रहँदारहँदै पनि कानुनी कारबाही नगर्न लिखित निर्देशन नै दिए । जसका कारण अहिले मुलुकमा अराजकता , दण्डहीनता र जघन्य प्रकृतिका आपराधिक घटनाहरू ह्वात्तै बढेर गएको छ', बर्तौलाले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण