शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
क्रिकेट

गुलशन झाको कुवेतविरुद्धको तीन छक्का, यूएईविरुद्धको खेलको झल्को

बिहीबार, २३ असोज २०८२, १६ : ५६
बिहीबार, २३ असोज २०८२

सारांश

  • २०७९ चैत २ गते त्रिवि क्रिकेट मैदानमा यूएईलाई हराएर नेपालले विश्वकपमा स्थान बनाएको थियो।
  • गुलशन झाले कुवेतविरुद्धको खेलमा १९औँ ओभरमा ३ छक्का प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरे।
  • १९ वर्षीय गुलशन झाको क्रिकेट यात्रा प्रदेश हुँदै नेपाल पुलिसबाट सुरु भएको हो।

काठमाडौँ । दुई वर्षअघि अर्थात् २०७९ चैत २ गते त्रिवि क्रिकेट मैदानमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लागि महत्त्वपूर्ण खेल थियो । आईसीसी विश्वकप लिग–२ अन्तर्गत उक्त खेलमा नेपाली टोलीले यूएईलाई हराए विश्वकपमा स्थान बनाउने पक्का थियो । 

उक्त खेलमा नेपाल सामु ३ सय ११ रनको विशाल लक्ष्य थियो ।  हजारौं दर्शक माझ भएको सोही खेलमा नेपालले यूएईलाई डिएल मेथोडबाट ९ रनले पराजित गर्दै एक दिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्न सफल भएको । नेपालले सो खेलमा एक दिवसीय क्रिकेटकै सबैभन्दा धेरै अर्थात् २८५ रन बनाउन सफल भयो । 

उक्त खेलमा नेपाल कमजोर अवस्थामा रहेको समयमा गुलशन झाले नेपाललाई राहत दिलाउन सफल भएका थिए ।  खेलको ४२औँ ओभरमा २० रन बनाएर गुलशनले टिमलाई जित दिलाउने बाटोतर्फ लिएका थिए । गुलशनले २० रन बनाएपछि कुल २८५ रन डिएल मेथोडमा यूएई पछाडि परेको थियो। 

गुलशनको त्यो झल्को बुधबार आईसीसी टी–ट्वान्टी विश्वकप एसिया र इस्ट एसिया प्यासेफिक छनोटमा कुवेतविरुद्धको खेलमा पनि देखा पर्‍यो । खेलको १९ दशमलव ४ ओभरमा ब्याटिङ गर्न आएका गुलशनले १९औँ ओभरको चौथो, पाँचौँ र छैटौँ ओभरमा ३ छक्का प्रहार गरे । 

उनको यो ब्याटिङ शैलीले नेपालले केही राहत मिल्यो । हार्ड हिटरको रूपमा चिनिने गुलशनले आफ्नो उत्कृष्ट खेलको नमुना देखाए । यस्तो खाले प्रदर्शनले आफूलाई धरै हौसला मिल्ने बताए । 

खेलपछि गुलशनले अन्तिम समयमा ब्याटिङमा आउँदा उच्च आत्मविश्वासका आएको उनले उल्लेख गरे ।

‘अन्तिम ओभर तिर क्रिजमा जाँदा रनको आवश्यक थियो । विकेट त्यति राम्रो नभएता पनि पहिलो छक्काले थप आत्मविश्वास मिल्यो,’ गुलशनले भने । त्यस्तै उनले देशको लागि खेल्दा सधैँ खुसी लाग्ने बताउँदै यो किसिमको योगदानले झनै हौसला मिल्ने बताए ।

  • गुलशनको क्रिकेट यात्राको सुरुवात 

१९ वर्षीय गुलशन झा सर्लाहीको मलंगवा नगरपालिका–८ जन्मिएका हुन् । सुरुवातमा प्रदेश स्तरमा खेल खेल्ने गुलशनको आगमन विभागीय टोली नेपाल पुलिसबाट प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट खेलेपछि भएको हो । 

नेपाली राष्ट्रिय टोलीमा पर्नु पूर्व गुलशनले यू–१९ टोलीमा परेका थिए । 

राष्ट्रिय टोलीको यात्रा भने उनको सन् २०२१ मा विश्वकप क्रिकेटको लिग २ अन्तर्गत यूएईविरुद्धको खेलबाट भएको थियो । 

टी–ट्वान्टी विश्वकप क्रिकेटमा भने गुलशनले सन् २०२२ मा टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत फिलिपिन्सविरुद्धको खेलमा डेब्यू गरेका थिए । उक्त खेलमा उनले ३ ओभर बलिङ गर्दै १६ रन खर्चेर १ विकेट लिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप