औषधिको नाम ठुला अक्षरमा लेख्न चिकित्सकहरूलाई निर्देशन
सारांश
- टिचिङ अस्पतालले चिकित्सकहरूलाई जेनेरिक औषधि सिफारिस गर्दा ठूला अक्षर प्रयोग गर्न निर्देशन दिएको छ।
- डाक्टरको हतारमा लेख्दा औषधि बुझ्न गाह्रो हुने समस्या समाधान गर्न यस्तो निर्णय लिइएको हो।
- अस्पतालमा दैनिक हजारौं बिरामी आउने हुँदा, यो निर्णयले स्वास्थ्य सेवा प्रणालीलाई सहज बनाउनेछ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) ले आफ्ना चिकित्सकहरूलाई बिरामीलाई ‘जेनेरिक’ औषधि अनिवार्य रूपमा ठुला (क्यापिटल) अक्षरमा लेखेर सिफारिस गर्न निर्देशन दिएको छ ।
अस्पतालमा औषधि सिफारिस गर्दा अब डाक्टरहरूले क्यापिटल लेटर वा ठुला अक्षरमा लेख्नुपर्ने भएको छ ।
यो निर्णय डाक्टरहरूले हतारमा लेख्दा औषधिको नाम बुझ्न गाह्रो हुने, बिरामीको स्वास्थ्यमा जोखिम आउने र फार्मेसीलाई पनि औषधि चिन्ने समस्या हुने भएकाले यस्तो निर्देशन दिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रायले बताए ।
यसले गर्दा डाक्टरहरूलाई औषधि लेख्न अलि बढी समय लाग्ने भए पनि, बिरामीले सही औषधि पाउने र समग्रमा स्वास्थ्य सेवा प्रणालीमा सहजता आउने उनको भनाइ छ ।
अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक शिक्षकहरूलाई नेपाल सरकार तथा डीन कार्यालयबाट निर्देशित नियम अनुसार बिरामीलाई औषधि सिफारिस गर्दा ‘जेनेरिक’ नाम ठुला अक्षरमा लेख्न निर्देशन दिएको उनले बताए ।
‘टिचिङ अस्पतालमा ठुलो संख्यामा बिरामी उपचारका लागि आउने भएकाले डाक्टरहरू कामको प्रेसर हुन्छन्, ।’ उनले भने, ‘कहिलेकाहीँ हतारमा औषधि प्रेकिप्सन गर्दा फामेर्सीवालालाई औषधिको नाम बुझ्न समय लाग्न सक्छ त्यसैले क्यापिटल लेटर लेखन भनिएको हो ।’
टिचिङ अस्पतालमा दैनिक ओपिडीमा दैनिक २५०० देखि ३००० बिरामी आउँछन् । आकस्मिक (इमरजेन्सी) कक्षमा दैनिक १५५ देखि १६० जना बिरामी उपचारका लागि आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण