यथार्थपरक सूचना सम्प्रेषण गर्न नेपाली सेनाकाे आग्रह, नेतृत्वलाई जोडेर भएको टिका टिप्पणीमा ध्यानाकर्षण
काठमाडौँ । नेपाली सेनाले यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न आग्रह गरेको छ । शुक्रबार सेनाले अपिल जारी गर्दै नेपाली सेना सम्बन्धी जानकारीका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न सम्पूर्णमा आग्रह गरेको हो ।
हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्व(अशाेक सिग्देल)लाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको बताउँदै भनेको छ,'सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौँ ।'
आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढङ्गले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहल लिएको समेत जारी अपिलमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी भारतको पेट्रोकेमिकल प्लान्टमा आगलागी, २० जना घाइते
-
नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण