आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
शनिबार, २५ असोज २०८२, ०७ : ३५
सारांश
- उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता र सुनुवाइ सुरु गर्नेछ।
- अदालतका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाका निवेदनहरू दर्ता र सुनुवाइ हुनेछन्।
- यसअघि बन्दीप्रत्यक्षीकरणको निवेदन लिने मात्रै काम भएको थियो।
दाङ । उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ । अदालतका रजिष्ट्रार यमप्रसाद बास्कोटाका अनुसार मुद्दा दर्ता, रिट, निषेधाज्ञाको निवेदन, मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ बमोजिमका निवेदनहरू दर्ता गर्ने र सुनुवाइ गर्ने कार्य सुरु हुनेछ । यसअघि बन्दीप्रत्यक्षीकरणको निवेदन लिने मात्रै कार्य भएको थियो ।
चालु अवस्थामा रहेका मुद्दाहरूको कामकारबाही एवं नयाँ पुनरावेदन पत्र दर्ता गरी सेवाप्रवाहलाई नियमित गर्ने सम्बन्धमा अर्को सूचना प्रकाशन गरेर मात्रै जानकारी दिइने रजिष्ट्रार बास्कोटाले बताए।
जेनजीको आन्दोलनका क्रममा अदालतमा भएको आगजनीले नियमित सेवा अगाडि बढ्न सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण