शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
कविता

वादको आवरणमा बरबाद

शनिबार, २५ असोज २०८२, १७ : ०१
शनिबार, २५ असोज २०८२

जिन्दगीमा थरीथरी वादहरू सुनियो

पारि पानी पर्दा वारि छाता ओढियो 

झन्डा बोकियो इन्क्लाब घन्काइयो 

जनताको बलिदानी भयो युद्ध जितियो

चुनाव भयो पटक पटक भोट हालियो

अरू मुर्दावाद आफू जिन्दाबाद भनियो

नाइकेहरू पालैपालो सत्तारोहण भए

आफन्तवाद फरियावादले ती घेरिए

शासक प्रशासकहरू खाओवादी भए

सर्वत्र भ्रष्ट र बिचौलियाहरू हाबी भए 

अब्बल वादहरू कमिसनमा बिक्री भए

आँखै अगाडि ती सबै वादहरू उत्तानो परे

 

यस्तै रहेछ तिम्रो प्रजातान्त्रिक समाजवाद 

राम्रै भोगियो नि तिम्रो बहुदलीय जनवाद

टर्रो लाग्यो नि तिम्रो माओवाद समाजवाद 

भो पुग्यो तिम्रो पुरानो राष्ट्रवाद र उदारवाद 

देश जल्दा जोगाउन नसक्ने यी बेकामे वाद

अबको वाद नेपालवाद नत्र हुनेछ देश बरबाद ।

टोखा-११, काठमाडौँ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तीर्थराज भट्ट
तीर्थराज भट्ट
लेखकबाट थप