सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरूको आशा पलाएको छ : मुख्यमन्त्री आचार्य

आइतबार, २६ असोज २०८२, १५ : १०
आइतबार, २६ असोज २०८२

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीहरूको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको बताएका छन् । 

आइतबार बाँकेको नेपालगञ्जमा लुम्बिनी प्राविधिक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेको समेत बताए ।

उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सङ्गम स्थल भएकाले यसले तीन वटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने  बताए । 

उनले  विश्वविद्यालयलाई थप उत्कृष्ट बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिए । सातौँ सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावहरूमा छलफल गरिएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप