बेलायतमा नेपाली सेनालाई स्वर्ण पदक, चौथो पटक सर्वोत्कृष्ट
काठमाडौँ । नेपाली सेनाको टोलीले संयुक्त अधिराज्य (बेलायत) को वेल्स, ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको ‘एक्सर्साइज क्याम्ब्रियन पेट्रोल २०२५’ मा सर्वोत्कृष्ट अङ्क हासिल गर्दै स्वर्ण पदक प्राप्त गरेको छ।

अन्तर्राष्ट्रिय स्तरको यस अभ्यासमा संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरूको सहभागिता रहेको थियो। सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ।
प्रतियोगितामा सहभागी टोलीले दुई दिनभित्र हतियार तथा करिब ५० पाउण्ड तौल बराबरको उपकरण र बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरी पार गर्नुपर्ने हुन्छ। यस अभ्यासमा टोलीको विभिन्न तयारी, खबर सङ्कलन, घाइते-बिरामीको व्यवस्थापन लगायतका दक्षताहरूको परीक्षण गरिन्छ।
यससँगै नेपाली सेनाले उक्त प्रतियोगितामा यसअघि सन् २०१७, २०१९ र २०२४ मा समेत स्वर्ण पदक प्राप्त गरिसकेको छ। यो नेपाली सेनाले प्राप्त गरेको चौथो स्वर्ण पदक हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण