बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

रौतहटमा जग्गा विवादले लियो उग्र रूप, एक जनाको मृत्यु

आइतबार, २६ असोज २०८२, १९ : ४१
आइतबार, २६ असोज २०८२

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरमा आइतबार दिउँसो जग्गा विवादका कारण दुई पक्षबिच भएको झडपमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय शंकर शाह बनियाँ छन् ।

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर सुरेन्द्र यादवका अनुसार आइतबार बिहान करिब १० बजे शंकर शाह बनियाँ पक्ष र ४० वर्षीया कपिलदेव यादव पक्षबिच जग्गाको विषयमा विवाद हुँदै कुटपिट भएको थियो ।

कुटपिटबाट शंकर शाह बनियाँ गम्भीर घाइते भएका थिए भने कपिलदेव यादवकी श्रीमती ४० वर्षीया मीना देवी यादवलाई पनि चोट लागेको छ । मीना देवीको अवस्था मध्यम रहेकाले उपचारका लागि एल।एस। न्युरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

शंकर शाहलाई जिल्ला अस्पताल गौर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीका सई अरविन्द साहले जानकारी दिए । प्रहरीका अनुसार कुटपिटमा हरिदेव यादव, सुरेन्द्र यादव र एक अन्य व्यक्ति संलग्न थिए ।

 उनीहरू हाल फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप