सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

लुम्बिनी विश्वविद्यालयप्रति नयाँ आशा पलाएको छ : मुख्यमन्त्री आचार्य

आइतबार, २६ असोज २०८२, २२ : १८
आइतबार, २६ असोज २०८२

सारांश

  • मुख्यमन्त्री आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट बनाउन साझा प्रयासको खाँचो औंल्याए।
  • विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन थालेकोमा मुख्यमन्त्रीले नयाँ आशा व्यक्त गरे।
  • बैठकमा आर्थिक, शैक्षिक र प्रशासनिक विषयका प्रस्तावहरूमाथि छलफल भयो।

नेपालगन्ज । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई उत्कृष्ट र नमूना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेको बताएका छन् ।  
नेपालगन्जमा आज विश्वविद्यालयको सातौँ सिनेट बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयले विद्यार्थीको आकर्षण बढाउन थालेपछि विश्वविद्यालयप्रति नयाँ आशा पलाएको उल्लेख गरे ।

उनले पछिल्लो समयमा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गर्दै विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्नेमा जोड दिए । अझै पनि विश्वविद्यालयलाई जनस्तरसम्म पुर्याउन आवश्वक रहेको र यसमा सबैले मिलेर काम गर्नुपर्ने मुख्यमन्त्री आचार्यको भनाइ थियो । 

लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सङ्गमस्थल भएकाले यसले तीनवटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको मुख्यमन्त्री आचार्यले बताए ।

सिनेट बैठकमा प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउँदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए । बैठकमा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयका प्रस्तावबारे छलफल गरिएको थियो । 

आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन र आव २०८२/८३ को बजेट स्वीकृति, अध्ययन संस्थान तथा केन्द्रलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक र कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी प्रस्ताव समावेश थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप