जेनजी आन्दोलनमा ध्वस्त धनुषा ट्राफिक कार्यालय र प्रहरी बिटहरूको पुनर्निर्माण सुरु
सारांश
- जनकपुरधाममा जेनजी आन्दोलनका क्रममा ध्वस्त भएका ट्राफिक कार्यालय र प्रहरी बिटहरूको मर्मत सुरु भएको छ।
- उपमहानगरपालिकाको सिफारिसमा निजी कम्पनीले झन्डै २५ लाख रुपैयाँको लागतमा मर्मतसम्भार गर्दैछ।
- आन्दोलनमा क्षति पुगेकाले धनुषा ट्राफिक प्रहरी कार्यालयको दैनिक कार्य सञ्चालन सहज बनाउन मर्मत गरिएको हो।
जनकपुरधाम । भदौ २४ र २५ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाइएको जनकपुरधामस्थित धनुषा ट्राफिक कार्यालय र विभिन्न प्रहरी बिटहरूको जीर्णोद्धार तथा मर्मत–सम्भार कार्य सुरु गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको सिफारिसमा एक निजी कम्पनीले झन्डै २५ लाख रुपैयाँको लागतमा ती कार्यालयमा नयाँ झ्याल र ढोका जडान गर्न थालेको हो ।
बेगानी ग्रुपको लगानी र नन्दन घीको प्रयोजनमा धनुषा ट्राफिक प्रहरी कार्यालयमा एल्मुनियमका ५६ वटा झ्याल र ९ वटा ढोका जडानको काम आरम्भ गरिएको बेगानी ग्रुपका प्रतिनिधि प्रवीण साहले जानकारी दिए । उनका अनुसार जनकपुरधामका विभिन्न १५ स्थानका प्रहरी बिट नयाँ निर्माण हुने र कुल लागत अनुमान करिब २५ लाख रुपैयाँ रहेको छ ।
जेनजी आन्दोलनका क्रममा जनकपुरधाममा थुप्रै स्थानमा आगजनी र लुटपाट भएको थियो । धनुषा ट्राफिक प्रहरी कार्यालयको भवन र प्रहरी भ्यान जलेर नष्ट भएपछि जनकपुरधाम उपमहानगरपालिकाले टेण्डर प्रक्रियामार्फत् पुनर्निर्माण गर्न समय लाग्ने भएकाले निजी कम्पनीको सहयोगमा छिटो मर्मत कार्य अघि बढाइएको मेयर मनोज साहले बताए ।
उनका अनुसार एल्मुनियम कम्पनीले स्वेच्छिक रूपमा कार्यालय र प्रहरी बिटहरूको पुनर्निर्माणका लागि आग्रह गरेपछि उपमहानगरपालिकाले सिफारिस गरेको हो ।
जेनजी आन्दोलनका क्रममा जनकपुरधाममा सबैभन्दा बढी क्षति पुगेका स्थानमध्ये धनुषा ट्राफिक प्रहरी कार्यालय पनि एक थियो । मर्मतपछि कार्यालयमा दैनिक कार्य सञ्चालन सहज हुने विश्वास धनुषा ट्राफिक कार्यालयले व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो
-
महावीर पुनले भने : नवप्रवर्तन मन्त्रालयलाई बजेट धेरै भयो
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण