जेनजीको नाममा अराजक गतिविधि गर्नेहरूप्रति अर्घाखाँचीका विद्यार्थी संगठनद्वारा भर्त्सना
बुटवल । संयुक्त विद्यार्थी संगठन अर्घाखाँचीले जेनजी आन्दोलनको नाममा अराजक गतिविधि गर्नेहरूलाई चेतावनी दिएको छ । मंगलबार जारी विज्ञप्तिमार्फत विद्यार्थी संगठनहरूले अर्घाखाँचीको पाणिनी बहुमुखी क्याम्पसमा असोज २७ गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
केही व्यक्तिहरूले बदनियतपूर्ण रूपमा क्याम्पसमा राखिएका विद्यार्थी संगठनका बोर्ड फाल्ने र सामाजिक सञ्जालमार्फत विद्यार्थी संगठनहरू विरुद्ध आपत्तिजनक अभिव्यक्ति सार्वजनिक गर्ने कार्य गरेको भन्दै संयुक्त विद्यार्थी संगठनहरूले घोर निन्दा र भर्त्सना गरेका छन् ।
संगठनहरूले भनेका छन्, 'जेन-जी आन्दोलनका वास्तविक मागहरूप्रति हामी प्रतिबद्ध छौँ, तर सो आन्दोलनको नाममा अराजक व्यक्ति तथा समूहहरूले विद्यार्थी संगठनहरू विरुद्ध उग्र गतिविधि गरिरहेका छन्, त्यसप्रति सबै सचेत रहन आवश्यक छ।'
विज्ञप्तिमा नेपालको संविधानले सुनिश्चित गरेको शान्तिपूर्ण रूपमा संगठित गतिविधि सञ्चालन गर्ने अधिकारको रक्षा गर्न सबै विद्यार्थी संगठनहरू एकजुट रहेको र आवश्यक परे जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिको सामना गर्न तयार रहेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा नेपाल विद्यार्थी संघका अर्घाखाँचीका अध्यक्ष कृष्ण भुसाल, अनेरास्ववियुका अध्यक्ष विक्रम नेपाली, अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष कुलराज बन्जाडे, अखिल (छैठौँ) की अध्यक्ष कविता राना, अनेरास्ववियु (समाजवादी) का कार्यवाहक अध्यक्ष पदम रिजाल र अखिल (समाजवादी) का अध्यक्ष विजय सीका हस्ताक्षर छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण