बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

पार्टी सञ्चालनको योजना बनाउन खड्का नेतृत्वमा कांग्रेस संस्थापनको बैठक

बुधबार, २९ असोज २०८२, ११ : ३४
बुधबार, २९ असोज २०८२

सारांश

  • कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन्।
  • बैठकमा विशेष महाधिवेशन र नियमित महाधिवेशनबारे छलफल भइरहेको छ।
  • महाधिवेशन प्रतिनिधिहरूको म्याद सकिएको र नियमित महाधिवेशनको मिति तोक्नुपर्ने कुरा उठेको छ।

काठमाडौँ । नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी पाएपछि उपसभापति पूर्णबहादुर खड्काले संस्थापनका नेताहरूसँग अगाडि बढ्नेबारे छलफल गरिरहेका छन् । धोबीघाटस्थित सिद्धार्थ कटेजमा बिहानैदेखि बसिरहेको बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

बैठकमा सहभागी भइरहेका एक पदाधिकारीका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका लागि भन्दै सङ्कलन गरेको हस्ताक्षर, अब नियमित महाधिवेशन कहिले गर्ने, जेनजी आन्दोलनपछि पार्टीको रणनीति के हुनेलगायत विषयमा कुराकानी भइरहेको छ ।

बैठकमा सहभागी भएका नेताहरूले महाधिवेशन प्रतिनिधिहरूको म्याद असोज १० गते नै सकिएको बताइरहेका छन् । म्याद सकिएका महाधिवेशन प्रतिनिधिको हस्ताक्षरको अर्थ नहुने भन्दै नेताहरूले त्यसलाई महत्त्व नदिन आग्रह गरिरहेका नेताहरू बताउँछन् ।

केन्द्रीय समितिको वैधानिकता सकिनु अघि केन्द्रीय महाधिवेशन कार्यतालिका पारित गर्न खड्कालाई नेताहरूले सुझाव दिएका ती पदाधिकारीले बताए । महाधिवेशन प्रतिनिधिको वैधानिकता समाप्त भइसकेको भन्दै केन्द्रीय महाधिवेशनको मिति तोकेर नियमित महाधिवेशनमा जानुपर्ने संस्थापनका नेताहरूले बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप