रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलाे खेल्न नपाइने, मर्यादित पोसाक लगाउनुपर्ने
बुधबार, २९ असोज २०८२, १५ : ५६
बुटवल । रुपन्देहीमा राति ९ बजेपछि देउसी–भैलो खेल्न नपाइने भएको छ । जिल्लाको प्रतिकूल सुरक्षा अवस्थालाई मध्यनजर गर्दै बुधबार जिल्ला सुरक्षा समितिले यस्तो निर्णय गरेको हो ।
सामाजिक सद्भाव कायम राख्दै सुरक्षा व्यवस्था दुरुस्त राख्न तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
देउसी–भैलोमा सहभागी हुनेहरूले मर्यादित पोसाक लगाउनुपर्ने र मादक पदार्थ सेवन गर्न नपाइने निर्णय समेत गरेको जारी सूचनामा भनिएको छ ।
यस्तै अखाद्य वस्तुको विक्री वितरण गर्न रोक लगाइएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण