लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु
बुटवल । बुद्धकाे जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन सुरु भएको छ । ६७ देशका २ सय बढी सम्पदा विज्ञहरूको उपस्थितिमा बुधबारदेखि प्रकोप, द्वन्द्व र शान्ति विषयलाई केन्द्र बिन्दुमा राखेर सम्पदा संरक्षण समाज (इकोमस) नेपालको आयोजनामा वैज्ञानिक सम्मेलन सुरु भएको हो ।
सम्मेलनको लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेले शुभारम्भ गर्दै शान्ति भूमि लुम्बिनीमा गरिएको सम्मेलनले विश्वभर नै नयाँ सन्देश दिन सफल हुने बताए ।
उनले बुद्ध जन्मस्थल लुम्बिनीमा विभिन्न देशका सम्पदा विज्ञहरूको उपस्थितिमा इकोमसको वार्षिकसभा र वैज्ञानिक सम्मेलन गरेकोमा धन्यवाद व्यक्त गरे ।
इकोमस नेपालका अध्यक्ष ज्ञानिन राईले सम्मेलनमा सहभागी अतिथि तथा विज्ञहरूलाई स्वागत गर्दै बुद्ध जन्मस्थल लुम्बिनीमा गरिएको वैज्ञानिक सम्मेलनले सांस्कृतिक सम्पदाको संरक्षण एवम् सुधारमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।
सम्मेलनमा विभिन्न विषयहरूमा प्राप्त २६० कार्यपत्रमध्ये छनौटमा परेका १९० वटा कार्यपत्रहरूको प्रस्तुतीकरण सहित छलफल हुने जनाइएको छ । सम्मेलनमा प्रकोप, द्वन्द्व र शान्तिसँगै सम्पदा संरक्षणका सन्दर्भमा विभिन्न सेसनहरूमा छलफल हुनेछ ।
प्रस्तुतीकरण सहित विशेषज्ञ प्यानल, स्थलगत भ्रमण गरी सम्मेलन अक्टोबर १९ तारिखमा घोषणापत्र जारी गरेर समापन गरिनेछ ।
कार्यक्रमको लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष, पुरातत्त्व विभाग, लुम्बिनी सांस्कृतिक नगरपालिका, ओरियन्टीयल हेरिटेज साइट प्रोटेक्सन एलायन्स फ्रान्स, ब्रिटिस काउन्सिल, अस्ट्रेलिया इकोमस, इकोमस चाईन लगायतले साझेदारी गरेका छन् ।
युनेस्कोको सल्लाहकार निकायको रूपमा रहेको इकोमसले विश्व सम्पदा सूचीमा अभिलेखको लागि प्रस्तावित सांस्कृतिक र मिश्रित सम्पदाहरूको मूल्याङ्कन गरी विश्व सम्पदा समितिलाई प्रदान गर्ने गर्दछ ।
कार्यक्रममा इकोमस इन्टरनेश्नलका सदस्यहरू सहित विश्वभरका सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित विज्ञहरू, अनुसन्धानकर्ताहरू तथा नीति निर्माताहरू, सरकारी अधिकारीहरू, अन्तर्राष्ट्रिय पाहुना सहित ६७ राष्ट्रका करिब ३०० स्वदेशी तथा विदेशी सहभागीहरू छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीपीएमा सरकारको नीतिगत कडाइ : आयोजना ओगट्ने तर काम नगर्नेको लाइसेन्स खारेज हुने
-
रौतहटमा साढे ५ किलो गाँजासहित दुई जना पक्राउ
-
मोटरसाइकल दुर्घटनामा नेविसङ्घ नेता बास्तोलाको निधन
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण