भारतले चाँडै रुसबाट तेल खरिद बन्द गर्छ : डाेनाल्ड ट्रम्प
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले भारतले रुसबाट तेल खरिद घटाउने दाबी गरे।
- ट्रम्पका अनुसार मोदीले उनलाई रुसबाट तेल खरिद नगर्ने आश्वासन दिएका छन्।
- भारत सरकारले भने ट्रम्पको भनाइलाई अहिलेसम्म आधिकारिक रूपमा पुष्टि गरेको छैन।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतले छिटै नै रुसबाट तेल खरिद घटाउने दाबी गरेका छन् । पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई भारतले रुसबाट तेल खरिद गर्न बन्द गर्ने आश्वासन दिएको उनको भनाइ थियो । ट्रम्पको यो भनाइले विश्वभर हलचल मच्चाएको छ ।
वास्तवमा अमेरिकी प्रशासनले हालै रुसबाट तेल खरिद गर्न बन्द नगरेको भन्दै भारतबाट आउने सामानमा २५ प्रतिशत अतिरिक्त भन्सार महसुल (ट्यारिफ) लगाएको थियो । यसलाई युक्रेन युद्धको बिचमा रुसमाथि आर्थिक दबाब बढाउने नीतिको रूपमा वर्णन गरिएको थियो ।
‘उनले (मोदी)ले मलाई रुसबाट कुनै पनि तेल खरिद नहुने आश्वासन दिएका छन् । तपाईंलाई थाहा छ यो तुरुन्तै हुन सक्दैन । यो एक प्रक्रिया हो, तर यो प्रक्रिया पनि चाँडै पूरा हुनेछ’ ट्रम्पले भनेका थिए ।
यदि भारतले रुसबाट तेल खरिद गर्न बन्द गर्यो भने रुस र युक्रेनबिच युद्धविराममा मध्यस्थता गर्न सजिलो हुने पनि उनले बताए । युक्रेन द्वन्द्व समाप्त भएपछि भारतले फेरि रुसबाट तेल किन्न सक्ने पनि उनको भनाइ थियो ।
यद्यपि, ट्रम्पको यो आश्वासनलाई भारत सरकारले अहिलेसम्म आधिकारिक रूपमा पुष्टि गरेको छैन । ट्रम्प प्रशासनले ट्यारिफ लगाउने लगायत धेरै धम्की र दण्डहरू दिइरहेको भए पनि भारतले अहिलेसम्म रुसबाट तेल किन्न बन्द गरेको छैन । दिल्लीले यसलाई निरन्तर रूपमा आफ्नो तटस्थ नीतिको अंश बताउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण