कांग्रेस बैठक सुरु हुन ढिलाइ, कार्यवाहक सभापति खड्का र महामन्त्री थापा वार्तामा
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापति र महामन्त्रीबीच एजेण्डामा कुरा नमिलेपछि वार्ता भइरहेको छ।
- महामन्त्री थापा मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने वा विशेष महाधिवेशनमा जानुपर्ने अडानमा छन्।
- कार्यवाहक सभापति खड्काले भने मंसिरमा विधि पुर्याएर महाधिवेशन गर्न समय अपुग हुने बताएका छन्।
काठमाडौँ । बैठकमा प्रस्तुत गर्न ८ वटा एजेण्डा तय गरिएको बताइएपनि कांग्रेस केन्द्रीय समिति बैठक अझै सुरु हुन सकेको छैन । एजेन्डाबारे विवाद निस्किएपछि नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाबिच अहिले वार्ता भइरहेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दुई नेताबिच एजेण्डाका विषयमा दुई नेताबिच छलफल भइरहेको हो ।
कांग्रेसका एक पदाधिकारीका अनुसार महामन्त्री थापाले मंसिरमा नै नियमित महाधिवेशन हुनुपर्ने अडान लिँदै त्यसो नभए यसअघि बुझाएको हस्ताक्षर अनुसार विशेष महाधिवेशनमा जानुपर्ने बताइरहेका छन् ।
कार्यवाहक सभापति खड्काले भने नियमित महाधिवेशन गर्ने तर मंसिरमा विधि र प्रक्रिया पुर्याएर महाधिवेशन गर्न समय अपुग हुने बताइरहेका छन् ।
स्रोतका अनुसार मध्यमार्गबाट कुरा मिलाउने प्रयास भए पनि दुवै पक्ष आ–आफ्नो अडानमा कायम रहेकाले कुरा मिलिरहेको छैन ।
कुरा नमिलेपछि बुधबार दिउँसो एक बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन नसकेको हो ।
अपडेट गरिएको
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कालीमाटीमा कुन तरकारी र फलफूलको कति छ थोक मूल्य ? (सूचीसहित)
-
अस्ट्रेलियासँग पराजित हुँदै भारतीय महिला टोली टी–२० विश्वकपबाट बाहिरियो
-
षड्यन्त्र वा संयोग ? अल्जेरिया र अस्ट्रियाद्वारा ‘अप्रत्याशित’ बराबरीको बचाउ
-
भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास
-
‘प्रथम महाधिवेशन कोशेढुंगाका रूपमा साबित हुन्छ’
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण