बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

कांग्रेस केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय (सूचीसहित)

बिहीबार, ३० असोज २०८२, १३ : १२
बिहीबार, ३० असोज २०८२

सारांश

  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले ८ वटा एजेन्डा तय गरेको छ।
  • बैठकमा जेनजी प्रदर्शन र पार्टीको १५औँ महाधिवेशनका विषयमा छलफल हुनेछ।
  • महाधिवेशनबारे महामन्त्रीद्वय र डा. शेखर कोइराला समूहबीच फरक मत देखिएको छ।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकका लागि ८ एजेन्डा तय भएका छन् । बिहीबार बिहान पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकले ८ एजेन्डा तय गरेको एक पदाधिकारीले जानकारी दिए ।

रातोपाटीलाई प्राप्त एजेन्डाको सूचीको पहिलो नम्बरमा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम सम्बन्धमा छ भने दोस्रो एजेन्डाका रूपमा पार्टीको १५ औँ महाधिवेशन राखिएको छ । 

कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा मंसिरमा नियमित महाधिवेशन हुनुपर्ने र नभएमा विशेष महाधिवेशन गर्नुपर्ने भन्दै बुधबार ५१ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर बुझाइएको छ । डा. शेखर कोइराला नेतृत्वको इतर समूहले मंसिरमै विधि र प्रक्रिया पुर्‍याइ नियमित महाधिवेशन गर्नुपर्ने बताइरहेको छ ।

संस्थापन नियमित महाधिवेशन गर्न राजी छ तर, मंसिरमा विधि र प्रक्रिया पुर्‍याइ नियमित महाधिवेशन गर्न समय अपुग हुने बताइरहेको छ ।  यसैबीचमा १५ औँ नियमित महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा पेस हुन लागेको हो ।

मंगलबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्लाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बिहीबारबाट खड्काको सभापतित्वमा केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।
खड्काले कार्यवाहकको जिम्मेवारी पाएपछि बुधबार संस्थापन पक्षीय पदाधिकारी र केन्द्रीय सदस्यहरूसँग केन्द्रीय समिति बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।

संस्थापन पक्षीय नेताहरूले कार्यवाहक सभापति खड्कालाई नियमित महाधिवेशनको कार्यतालिका र सम्पन्न हुने आधारसहितको कार्यतालिका केन्द्रीय समिति बैठकमा पेस गर्न सुझाएका थिए ।

सभापति देउवाले कार्यवाहक दिएपछि विशेष महाधिवेशनको औचित्य सकिएको संस्थापन पक्षीय नेताहरूको भनाइ रहँदै आएको छ । 

यस्तो छ एजेन्डाको सूचीः

WhatsApp Image 2025-10-16 at 13.07.16

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप