नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको छ : कृषिमन्त्री परियार
काठमाडाैँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालले विश्व भोकमरी सूचाङ्कमा उल्लेख्य प्रगति गरेको बताएका छन् । ४५ औँ खाद्य दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
पछिल्लो वर्षहरूमा नेपालले खाद्य सुरक्षा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनले बताए । भोकमरी सूचकाङ्कमा सन् २००० मा ३७ अङ्क प्राप्त गरेको नेपालले सन् २०२५ मा आइपुग्दा १४ दशमलव ८ अङ्क प्राप्त गरी उल्लेख्य सुधार गरेको उनले जानकारी दिए ।
अझै पनि नेपाल मध्यम जोखिमयुक्त मुलुकमा रहेको उनको भनाई छ । हिमाली क्षेत्रमा रहेका जनतामा बढी खाद्य असुरक्षा रहेको उनले बताए । हिमाली क्षेत्रमा खाद्यान्नको पहुँच वृद्धि गर्नसके अझ सुधार ल्याउन सकिने अवस्था रहेको उनको भनाई छ ।
उनले हाल वर्षभर खान नपुग्ने कृषक परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको बताए । करिब ५८ प्रतिशत जनसङ्ख्या कृषि पेसामा नै संलग्न भए पनि यस क्षेत्रमा भूमि तथा श्रमिकको उत्पादकत्व न्यून रहेको उनको भनाई छ ।
उनका अनुसार कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको छ ।
उनले भने, ‘पछिल्लो वर्षहरूमा नेपालले खाद्य सुरक्षा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । फलस्वरूप विगत २५ वर्षमा नेपालले विश्व भोकमरी सूचकाङ्कमा उल्लेख्य प्रगति गरेको छ । सन् २००० मा ३७ अङ्क प्राप्त गरेको नेपालले सन् २०२५ मा आइपुग्दा १४ दशमलव ८ अङ्क प्राप्त गरी भोकमरी सूचकाङ्कमा उल्लेख्य सुधार गरेको छ । तथापि अझै पनि नेपाल मध्यम जोखिमयुक्त मुलुकमा रहेको छ । खासगरी हिमाली क्षेत्रमा जनतामा बढी खाद्य असुरक्षित जनसङ्ख्या रहेको सन्दर्भमा खाद्यान्नको पहुँच वृद्धि गर्न सके सो मा सुधार ल्याउन सकिने अवस्था छ । नेपालको विद्यमान अवस्थालाई हेर्दा कृषि गणना २०७८ अनुसार नेपालमा किसान परिवारको सङ्ख्या ४९ लाख ३० हजार रहेकामध्ये वर्षभरि खान नपुग्ने कृषक परिवारको सङ्ख्या करिब ५५ प्रतिशत रहेको छ । कृषि क्षेत्रले नेपालको अर्थतन्त्रमा करिब २५ प्रतिशत योगदान गरेको भएतापनि करिब ५८ प्रतिशत जनसङ्ख्या कृषि पेसामा नै संलग्न हुनुपर्ने अवस्थाले गर्दा यस क्षेत्रमा भूमि तथा श्रमिकको उत्पादकत्व असाध्यै न्यून रहेको छ ।’
उनले बसाईंसराई, अव्यवस्थित सहरीकरण लगायतका कारण खेतीयोग्य जमिनमा ह्रास आउने क्रम बढेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युलेन्स स्कुलको सन् २०२६ को दीक्षान्त समारोह सम्पन्न
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण