डोल्पामा लामो खडरेपछि वर्षा, कृषकलाई राहत
बुधबार, २० असार २०७५, १६ : ३०
त्रिपुराकोट– जिल्लामा लामो खडेरीपछि वर्षा भएको छ । पानी परेपछि कृषकलाई राहत मिलेको छ ।
चार महिनासम्म खडेरी परेपछि खेतबारीमा लगाइएको अन्नबाली सुक्न थालेपछि कृषक चिन्तित भएका थिए । तीन दिनसम्म लगातार पानी परेपछि धान, मकै, सिमी, कोदो लगायतको अन्नबालीलाई मद्दत पुगेको छ ।
खडेरीका कारण कृषक प्रभावित बनेका थिए । ‘खडेरीले कात्तिकमा पाक्ने मकै, चिनो लगायतका अन्नबाली रोप्नै पाएका थिएनौ, ढिलै भए पनि वर्षा भयो, अहिले रोप्न भ्याइनभ्याइ छ’ त्रिपुरासुन्दरी नगरपालिका– ९ का योगेन्द्र कार्कीले भने ।
पानी परेपछि बाँझो रहेको जग्गामा अहिले कृषकले धमाधम बालीनाली लगाउन थालेका छन् । वर्षाका कारण डाँडापाखामा प्रशस्त घाँसपात उम्रने भएपछि पशु चरिचरनका लागि सहज हुने भन्दै कृषक खुशी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण