२ सय भन्दाबढी बुलेट मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
बिहीबार, ३० असोज २०८२, २१ : ४०
काठमाडौँ । काठमाडौँ उपत्यकामा ठुलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने बुलेट मोटरसाइकल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
कम्पनीले बनाएको स्वरूप परिवर्तन गरेर ध्वनि प्रदूषण गर्दै हुइँक्याएको भेटिएपछि २ सय भन्दा बढी बुलेट मोटरसाइकल नियन्त्रणमा लिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
ध्वनि प्रदूषणबाट स्कुले बालबालिका र एम्बुलेन्समा सवार बिरामीलाई समेत असर गरेको ट्राफिक प्रहरीको निष्कर्ष छ ।
काठमाडौँ, भक्तपुर र ललितपुरबाट नियन्त्रणमा लिइएको ती मोटरसाइकल चालकलाई जरिवाना गरिने एसपी सुवेदीले बताए । सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ अनुसार स्वरूप परिवर्तन गरेर चलाएको कसुरमा १५ हजार सम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण