रिघा गाउँमा औलो रोगको संक्रमण बढ्यो
मुगु– मुगु खत्याड गाउँपालिकाका रिघा गाउँमा औलो रोगको संक्रमण बढ्दै गएको छ । गत वैशाखदेखि देखा परेको यो रोगको संक्रमण बालबालिकासहित अहिलेसम्म २६ जनामा देखिएको छ ।
उनीहरुमा शरीर थरथर काप्ने, मुखबाट फिँज निकाल्ने, खलखली पसिना आउने, वाकवाकी लाग्ने, टाउको दुख्ने र खाना खान मन नलाग्ने जस्ता लक्षण देखएको छ ।
‘गाउँमा औलो रोग फैलिँदै छ, औषधि र स्वास्थ्यकर्मीको अभाव छ, कसरी ज्यान जोगाउने भन्ने चिन्ता स्थानीयवासीको छ,’ रिघा गाउँका मनोज गिरीले भने ।
औलो रोगका बिरामीको उपचारका लागि आवश्यक पर्ने ‘क्लोरोक्वीन र प्रिमाक्वीन’नामक औषधिको अभाव यहाँ देखिएको छ, रातापानी प्राथमिक स्वास्थ्य केन्द्रका अहेब मुकुन्द कार्कीले भने, ‘जिल्लाबाट पठाइएको औषधिसमेत सकिएकाले यो रोग नियन्त्रण गर्न कठिनाई भएको छ ।’
यो रोगको नियन्त्रणका लागि अस्पतालसंग भएको औषधि र आवश्यक जनशक्ति प्रयोग भइरहेको छ, जिल्ला अस्पतालका प्रमुख डा.ज्ञानेश्वर श्रेष्ठले भने, ‘बिरामीको उपचारका लागि रोग नियन्त्रण शाखा टेकु काठमाडौँबाट औषधिसहित औलो रोग विशेषज्ञ टोली आउन लागेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ५ प्रदेशमा अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै
-
फरार अभियुक्त १८ वर्षपछि पक्राउ
-
नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकः सरोकारवालासँग छलफल गर्न अर्थ समितिले बोलायो बैठक
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण