राष्ट्रिय भलिबल टिमको कप्तानमा हरि हजुर थापा नियुक्त
शुक्रबार, ३१ असोज २०८२, १५ : २५
काठमाडौँ ।हरि हजुर थापा नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तानमा नियुक्त भएका छन् । नेपाल भलिबल संघको शुक्रबार बसेको ५८ औँ कार्यसम्पादन कमिटीको बैठकले उनलाई कप्तानमा नियुक्त गरेको हो ।
उनलाई कप्तान नियुक्त गर्न मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकहरूले प्रस्ताव गरेका थिए ।हरि हजुर दोस्रो पटक नेपालको कप्तान बनेका हुन् । यसअघि राष्ट्रिय पुरुष भलिबल टोलीको कप्तान डिबी भट्ट थिए ।
भलिबल सङ्घले नेपाली राष्ट्रिय यू–१९ महिला भलिबल टोलीको कप्तानमा जेनिशा विश्वकर्मालाई नियुक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्को हप्ता औषधि परामर्श परिषद्को बैठक बस्दै, औषधि मूल्य समायोजनबारे निर्णय हुने
-
१३१ दिनपछि यसरी गरिँदैछ अयातोल्लाह अली खामेनेईको अन्त्येष्टि
-
४ निकाय सचिवविहीन, ६ सचिव जगेडामा
-
शपथका लागि घण्टीघरमा जमघट, तस्बिरहरू
-
८ विश्वविद्यालयको उपकुलपतिका लागि ३/३ जनाको नाम टुंगियो, अब निर्णयको तयारी
-
निरन्तर १२ खेलमा अपराजित बन्यो मेक्सिको, जम्मा दुई गोल खाँदा २३ गोल गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण