शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय
माैसम पूर्वानुमान

कस्तो रहला आज देशभरको मौसम ?

आइतबार, ०२ कात्तिक २०८२, ०६ : ०७
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।
  • आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने र राति देशभर मौसम सफा रहने छ ।
  • भोलि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा फाटफुट वर्षाको सम्भावना छ ।

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । राति भने देशभर मौसम मुख्यतया सफा रहने छ । 

भोलि (सोमबार) भने कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप