शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

भिड्दै भारत र अस्ट्रेलिया : रोहित र विराटलाई अन्तिम अवसर !

आइतबार, ०२ कात्तिक २०८२, ०६ : ३१
आइतबार, ०२ कात्तिक २०८२

सारांश

  • अस्ट्रेलियालाई भारतले चुनौती दिँदै छ, जसमा शुभमन गिलले कप्तानी गर्नेछन्।
  • रोहित शर्मा र विराट कोहली सात महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कंदै छन्।
  • पर्थमा खेल हुँदैछ जहाँ वर्षाको सम्भावना छ, र वाकाको पिच तीव्र बलरहरूका लागि अनुकूल छ।

काठमाडाैँ । क्रिकेट महाशक्ति मानिने अस्ट्रेलियालाई भारतले आज चुनौती दिँदै छ । भारत २६ वर्षीय शुभमन गिलको कप्तानीमा छ । 

अस्ट्रेलियालाई उसैको घरमा हराउन भारतलाई निकै चुनौतीपूर्ण हुनेछ । यद्यपि भारतीय टोलीले पछिल्लो खेलमा अस्ट्रेलियालाई चार विकेटले पराजित गरेको थियो, जुन आईसीसी च्याम्पियन्स ट्रफीको सेमिफाइनल खेल थियो । 

तर, यसपटकको चुनौती फरक हुनेछ । कप्तान नयाँ छन्, जसले यस ढाँचामा पहिलो पटक भारतीय टोलीको कमान सम्हाल्दै छन् । यसअघि रोहित शर्मा, विराट कोहली र महेन्द्रसिंह धोनीजस्ता दिग्गजहरूले टोलीको कमान सम्हालेका थिए । गिलमाथि त्यही विरासतलाई अगाडि बढाउने दबाब हुनेछ ।

के छ खास ?

भारतीय टिम च्याम्पियन्स ट्रफी जितेपछि आफ्नो पहिलो एकदिवसीय खेल खेलिरहेको छ । टोलीले सन् २०२५ मार्च ९ मा दुबईमा भएको फाइनल खेलमा न्युजिल्यान्डलाई चार विकेटले हराएको थियो ।

रोहित शर्मा र विराट कोहली सात महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्कँदै छन् । दुवैले च्याम्पियन्स ट्रफी फाइनलमा अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

अस्ट्रेलियाका कप्तान प्याट कमिन्स घाइते छन् । उनको अनुपस्थितिमा मिचेल मार्सले टोलीको नेतृत्व गर्नेछन् । उनले भारतविरुद्ध पहिलो पटक कप्तानी गर्दै छन् ।

के यो रोहित–कोहलीका लागि अन्तिम अवसर हो ?

यो प्रश्नको जवाफ मुख्य चयनकर्ता अजित अगरकरले दिएका छन् । उनले भने, ‘रोहित र कोहलीको प्रदर्शनको मूल्याङ्कन हरेक खेलपछि होइन, हरेक शृङ्खलापछि हुनेछ ।’ 

अगरकरले अगाडि भने, ‘यदि उनीहरूले (रोहित–कोहली) अस्ट्रेलियामा रन बनाउन सकेनन् भने यसको मतलब यो होइन कि उनीहरूलाई टोलीबाट बाहिर गरिनेछ र यदि उनीहरूले तीन शतक पनि बनाए भने यसको अर्थ यो होइन कि उनीहरूलाई २०२७ विश्वकपका लागि अहिलेदेखि नै चयन गरिएको मानियोस् ।’

भारतविरुद्ध अस्ट्रेलिया : ५५ प्रतिशत खेलमा जित 

हेड–टु–हेडमा अस्ट्रेलियाको पल्ला भारी छ । टोलीले भारतविरुद्ध हालसम्म १५२ एकदिवसीय खेल खेलेको छ । यीमध्ये ८४ मा उनीहरू विजयी छन्, जुन ५५ प्रतिश हो । भारतले भने ५८ खेल जितेको छ । १० खेल नतिजाविहीन भएका थिए । 

407965

घरेलु मैदानमा अस्ट्रेलियाको प्रभुत्व दर बढ्छ, जुन तथ्याङ्कहरूमै स्पष्ट देखिएको छ । भारतले अस्ट्रेलियामा ५४ खेल खेलेको छ । भारतीय टोली यसमध्ये १४ अवसरमा मात्र जित्न सकेको देखिन्छ । ३८ खेलमा अस्ट्रेलियाले आफ्नो घरमा भारतलाई हराएको छ । दुई खेल भने नतिजाविहीन भएका थिए । 

पर्थमा ६० प्रतिशत वर्षा हुने सम्भावना

आज पर्थमा ६० प्रतिशत र रातको समयमा ४० प्रतिशत वर्षाको सम्भावना छ । अस्ट्रेलियामा यो जाडो सकिने समय हो र यस मौसममा वर्षा हुन्छ । यस्तो अवस्थामा खेलमा वर्षाले बाधा पुर्‍याउन सक्ने देखिन्छ । 

वाकाको पिचमा उछाल बढी 

पर्थ स्टेडियममा वाकाको पिच ल्याएर राखिएको छ । वाकाको पिच संसारको सबैभन्दा तीव्र र उछालपूर्ण मानिन्छ । यसको मतलब तीव्र गतिका बलरहरूलाई मद्दत मिल्ने निश्चित छ । यस्तो अवस्थामा मिचेल स्टार्क र जोस हेजलवुडको नेतृत्वमा रहेको अस्ट्रेलियाली तीव्र आक्रमणले भारतीय ब्याट्सम्यानहरूको कडा परीक्षा लिनेछ । 

भारतले पर्थ स्टेडियममा एउटा पनि एकदिवसीय खेल खेलेको छैन । अस्ट्रेलियाली टोलीले ३ एकदिवसीय खेलेको छ, तर उनीहरूलाई यहाँ अहिलेसम्म पहिलो जितको प्रतीक्षा छ ।

तीनमध्ये दुई खेलमा लक्ष्य पछ्याउने टोलीले यहाँ जित हासिल गरेको छ । जसरी खेल अगाडि बढ्छ, पिचको गति र उछाल कम हुँदै जान्छ । टस जित्ने कप्तानले पहिले बलिङ रोज्न सक्छन् ।

सम्भावित प्लेइङ–११

भारत : शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), अक्षर पटेल, नीतिश कुमार रेड्डी, वाशिंगटन सुन्दर/कुलदीप यादव, हर्षित राना, मोहम्मद सिराज/अर्शदीप सिंह ।

अस्ट्रेलिया : मिचेल मार्स (कप्तान), ट्राभिस हेड, म्याथ्यू सर्ट, म्याट रेनशाँ, जोश फिलिपी (विकेटकिपर), मिचेल ओवेन, कुपर कोनोली, मिचेल स्टार्क, नाथन एलिस, म्याथ्यू कुह्नेमन, जोश हेजलवुड ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप