फिल्म ‘पीआर’ मंसिर २६ बाट प्रदर्शनमा आउने
सारांश
- शोभित बस्नेत निर्देशित फिल्म 'पीआर' मंसिर २६ गते रिलिज हुने भएको छ।
- फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की लगायतका कलाकारको अभिनय रहेको छ, जसले प्रेम, संघर्ष र आप्रवासनको कथा प्रस्तुत गर्दछ।
- रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुति रहेको फिल्मको कथा विदेशिने युवाको सपना र संघर्षमा आधारित छ।
काठमाडौँ । शोभित बस्नेतको निर्देशन रहेको फिल्म ‘पीआर’ मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
निर्माण टिमले काग तिहारको अवसर पारेर फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो ।
सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी कृष्ण थापा नवीन घायलको अभिनय छ । फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा निर्माण भएको हो ।
फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता छन् । निर्माण पक्षका अनुसार ‘पीआर’ले विदेश जाने नेपाली युवाको सपना, संघर्ष र त्यसका पछाडिका यथार्थ पक्षहरूलाई कथाको मुख्य विषय बनाएको छ ।
फिल्ममा सम्पादन बन्दे प्रसाद, लेखन गणेश बुद्धाथोकी, डान्स राम्जी लामिछाने, संगीत मानसराज र भिम बिसिको छ । निर्देशक बस्नेतले ‘पीआर’लाई नेपालको कथा, नेपाली युवाको सपना र संघर्ष’का रूपमा दर्शकसामु ल्याउन लागेको बताए ।
फिल्मलाई आर आर फिल्मसले वितरणको जिम्मा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण