वासिङ्टन डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिको विरोधमा अमेरिकाका विभिन्न सहरहरूमा 'नो किङ्ग्स' नामक विशाल प्रदर्शन भएको छ। न्यूयोर्क, वासिङ्टन डीसी, सिकागो, मियामी र लस एन्जलसलगायतका सहरहरूमा लाखौँ मानिस सडकमा उत्रिएका थिए।
_Xxn0mYaKKA.jpg)
न्यूयोर्कको टाइम्स स्क्वायर र वरपरका सडकहरूमा ठुलो सङ्ख्यामा मानिसहरू भेला भएर ‘लोकतन्त्र, राजतन्त्र होइन’ र ’संविधान वैकल्पिक होइन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। आयोजकहरूले करिब ७० लाख मानिस सहभागी भएको र प्रदर्शन शान्तिपूर्ण रहेको बताएका छन्।
_RX6rHlmw5b.jpg)
जनवरीमा ह्वाइट हाउस फर्किएपछि ट्रम्पले राष्ट्रपति शक्तिको दायरा विस्तार गर्दै कार्यकारी आदेशहरू प्रयोग गरी सङ्घीय सरकारका केही हिस्सा भङ्ग गरेका छन् र राज्य गभर्नरहरूको आपत्ति हुँदाहुँदै पनि नेसनल गार्डलाई सहरहरूमा खटाएका छन्।
_H8sqIZMzuC.jpg)
आलोचकहरूले उनको कदमलाई असंवैधानिक र अमेरिकी लोकतन्त्रका लागि खतरा मानेका छन्। यद्यपि, ट्रम्पले आफ्ना कार्यहरू सङ्कटमा रहेको देशको पुनर्निर्माणका लागि आवश्यक भएको दाबी गर्दै आएका छन्।
_SJMvOLX0of.jpg)
ट्रम्प समर्थकहरूले प्रदर्शनकारीहरूलाई अति-वामपन्थी एन्टीफा आन्दोलनसँग जोडेर यसलाई ‘अमेरिकालाई घृणा गर्ने र्याली’ भनी निन्दा गरेका छन्।
_nsrWSXaj6T.jpg)
_FQaIrj9IEk.jpg)
_FCBJi4klAu.jpg)
_FrqL8PEawi.jpg)
_L8rwe2sRuo.jpg)
_f6P0YWYU9r.jpg)
_Vsiu1Lj1Sm.jpg)
_mdoOeo2wjF.jpg)
_wm2tSqtzGV.jpg)
_PJkx7XXh0H.jpg)
प्रतिक्रिया