कोलम्बियाली राष्ट्रपतिलाई ट्रम्पले भने, ‘अवैध लागू औषध नेता’
सारांश
- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई लागूऔषध नेता भनेका छन्।
- ट्रम्पले कोलम्बियामा लागूऔषध उत्पादनलाई प्रोत्साहन गरिएको आरोप लगाउँदै अनुदान रोक्ने बताएका छन्।
- ट्रम्पले लागूऔषध नियन्त्रण नगरे अमेरिकाले रोक्ने चेतावनी दिएका छन्।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोलाई 'अवैध लागू औषध नेता' भनेर टिप्पणी गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल सोसल ट्रुथमा लेखेका छन्, ‘कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रो एक अवैध लागू औषध नेता हुन् जसले कोलम्बियाभरि लागूऔषधको ठुलो उत्पादनलाई जोडदार रूपमा प्रोत्साहन गरिरहेका छन् ।’
लागू औषध कोलम्बियाको सबैभन्दा ठुलो व्यवसाय बनेको अनि अमेरिकाबाट ठुलो भुक्तानी र अनुदानको बाबजुद, पेट्रोले यसलाई रोक्न केही नगरिरहेको उनले बताएका छन् ।
यसलाई ट्रम्पले अमेरिकामाथिको ठगी बाहेक अरू केही नभएको बताएका छन् । ‘आजदेखि, यी भुक्तानी र अनुदानहरू अब कोलम्बियालाई दिइने छैन,’ पोस्टमा अझ अगाडि उनले लेखेका छन् । यी लागू औषधले अमेरिकामा धेरै मृत्यु भइरहेको भन्दै यसलाई रोकिएन भने अमेरिकाले रोक्ने अनि यो राम्रो तरिकाले नहुने चेतावनी ट्रम्पले दिएका छन् ।
हालैका समयमा ट्रम्पले कोलम्बियालाई लागू औषध तस्करीको बारम्बार आरोप लगाएका छन् । केही दिन अघि अमेरिकी सेनाले अमेरिकातर्फ जाने धेरै डुङ्गाहरूमा आक्रमण गरी ध्वस्त पारेको छ । ट्रम्पले यी डुङ्गाहरूलाई लागू औषध बोक्ने डुङ्गा भनेका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण