‘आ बाट आमा’ माघ १६ गते प्रदर्शन हुने
काठमाडौँ । चलचित्र ‘आ बाट आमा’ को प्रदर्शन मिति घोषणा गरिएको छ । लक्ष्मीपूजाको विशेष अवसर पारेर निर्माण टिमले आगामी माघ १६ गतेदेखि चलचित्र प्रदर्शन हुने जानकारी दिएको हो ।
सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुसी मुन्द्रामा देखिएका छन् । जहाँ सन्तानको खुसीमा बुबाआमा पनि खुसी भएको अनुमान गर्न सकिन्छ ।
ग्रामीण परिवेशमा आधारित फिल्मले आमाबाबु र सन्तानबिचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको सङ्केत पोस्टरले गरेको छ । पोस्टरमा लेखिएको संवाद, ‘बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौँ ।’
चन्द्र पन्तको लेखन, पटकथा र निर्देशन रहेको फिल्म आर्या पन्तको प्रस्तुतिमा निर्माण भएको हो । फिल्ममा विपना थापा, प्रदीप रावत, पल शाह, साईग्रेस पोखरेल, सिम्रन पन्त, उषा उप्रेती, विशाल पहाडी, रवीन्द्र झा, गजित विष्ट, हेमराज अधिकारी (खनत्या खलास), दिलिप उखेडा लगायत रहेका छन् । फिल्म ‘आ बाट आमा’मा ओमकार पन्त, कृष्णप्रसाद सुवेदी, ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना निर्माता हुन् भने कार्यकारी निर्मातामा करण सिंह रसाइली रहेका छन् ।
आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन् ।फिल्मको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी,थानेश्वर गौतम रहेका छन् ।
चलचित्रको विदेश प्रदर्शन अधिकार उच्च मागको साथ बिक्री भइरहेको छ। हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ काे नतिजामाथि प्रश्न उठेपछि शिक्षा मन्त्रालयले गठन गर्यो छानबिन समिति
-
एन्फाले राखेपसँग निहुँ खोज्यो, फिफाले राखेप देखाएर निलम्बन गरिदियो
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण